टीकापुर, १२ साउन/टीकापुर ६ नारयणपुरमा शुक्रवारबाट पेट्रोल पम्प सञ्चालनमा आएको छ ।
नेपाल तरुण दल टीकापुरका अध्यक्ष किरण कडायतले पम्प सञ्चालन गर्नुभएको हो । करिब एक करोड रुपैयाँ लागतमा पम्प सञ्चालन भएको कडायतले बताउनुभयो । ‘‘शनिबारबाट डिजेल र पेट्रोल बिक्री शुरु गरेका छौ, ‘‘कडायतले भन्नुभयो, ‘‘यस क्षेत्रका सेवाग्राहीलाई सजिलो हुन्छ ।’’ २० हजार लिटर डिजेल र १२ हजार लिटर पेट्रोलको क्षमता भएको ट्याङ्की रहेको छ ।
यो पम्प सञ्चालन भएपछि नारयणपुर र धनसिंहपुर क्षेत्रमा ३ वटा पम्प पुगेका छन् भने टीकापुरमा ५ वटा संख्या पुगेका छन् ।
युवाहरुले व्यबसाय गर्दै सामाजिक सेवामा लाग्नुपर्छ भन्ने संदेश दिएको स्थानीयको भनाई छ ।
पछिल्लो समय राजनीतिमा लाग्नेहरु बेरोजगार छन् । बेरोजगार भएर सामाजिक काम गर्छु भन्ने युवाहरु अधिकांस आर्थिक रुपमा बद्नाम हुने गरेका छन् ।