टीकापुर, ३ पौष/बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टस बर्दगोरिया–२ कैलालीले आयोजना गरेको प्रथम बिद्यालय स्तरीय जिल्ला व्यापी छात्र/छात्रा फुटबल प्रतियोगिता २०८१ समापन भएको छ । प्रतियोगितामा छात्र तर्फ खड्ग मेमोरियल सेकेन्डरी स्कुल टीकापुरले उपाधी उचाल्न सफल भएको छ, खड्ग मेमोरियल सेकेन्डरी स्कूल टीकापुरले राष्ट्रिय मा वि देउकलियालाई ३र२ गोल अन्तरले पराजित गर्दै उपाधी चुम्न सफल भएको छ । उपाधी संगै नगद ५१ हजार ट्रफी र प्रमाणपत्र हात पार्दा उपबिजेता बनेको राष्ट्रिय मा वि देउकलियाले नगद ३१ हजार सहित ट्रफी संगै प्रमाणपत्र हात पारेको छ ।

यसै गरि छात्रा तर्फ कर्णाली मा वि उपाधी उचाल्न सफल भएको छ । कर्णाली मा वि टिकापुरले माउन्ट सैपाल टीकापुरलाई ट्राईबेकरमा ४र३ गोल अन्तरले पराजित गर्दै उपाधी चुमेको हो । उपाधी संगै कर्णाली मा। बिद्यलयले नगद ५१ ह्जार , ट्रफि संगै प्रामणपत्र पाउँदा उपाधी बाट बन्चित भएको माउन्ट सैपाल बिद्यलयले नगद ३१ ह्जार ट्रफि संगै प्रमाणपत्रमा चित्त बुझाएको छ ।
बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसका अध्यक्ष प्रमोद मल्लको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । यसै गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि बिशिस्ट अतिथी रहनु भएको थियो ।

प्रतियोगिता समापन गर्दै पालिका अध्यक्ष कुँवरले भने प्रतियोगिताले विद्यार्थीको खेल प्रतिको रुचि बढाउनुका साथै स्वस्थ रहन महत्त्वपूर्ण भुमिका खेलेको छ । प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्दै पालिका बाट हुने सहयोग गर्ने बताए । उनले भने खेल हो हार जित हुन्छ त्यसमा आतिनु हुदैन आज हार भए भोलि जित हुन्छ त्यसैले खेल क्षेत्रलाई नछोड्न अनुरोध गरे ।
प्रतियोगितामा छात्र तर्फ प्रतियोगिताकै उत्कृष्ट खेलाडी राष्ट्रिय मा वि का चेतन शाही बन्न सफल भए । उनले नगद ५५ सय प्राप्त गरेका छन भने सर्बाधिक गोल कर्ता पनि चेतन शाही नै बन्न सफल भए । उनले नगद ३१ सय प्राप्त गर्दा उत्कृष्ट गोल रक्षक मोरल नेप्लिजका सुरेन्द्र भाट बन्न सफल भए उनले नगद ३१ सय प्राप्त गरेका छन । यसै गरि प्रतियोगिताको उदयमान खेलाडी राष्ट्रिय मा वि का बिकेश सहकारी बन्न सफल भए । उनले नगद ३१ सय संगै ट्रफी हात पारे । यसै गरि उत्कृष्ट डिफेन्डर बर्गिसका नितेश रावल बन्न सफल भए । उनले नगद ३१ सय संगै ट्रफी हात पारे । यसै गरि उत्कृष्ट प्रशिक्षक बर्गिसका हेमराज क्षेत्री भए उनले पनि नगद ३१ सय प्राप्त गरे । यसै गरि छात्र तर्फ राष्ट्रिय मा वि का ग्रीस जाग्री उत्कृष्ट मिड फिल्डर बन्न सफल भए । उनले नगद ३१ सय हात पारे ।
प्रतियोगितामा छात्रा तर्फ प्रतियोगिताकै उत्कृष्ट खेलाडी माउन्ट सैपालकी उषा शाही बन्न सफल भईन । उनले नगद ५५ सय प्राप्त गरेकि छन भने सर्बाधिक गोल कर्ता उषा शाही नै बन्न सफल भईन । उनले नगद ३१ सय प्राप्त गर्दा उत्कृष्ट गोल रक्षक कर्णाली मा वि कि श्रीषा चौधरी बन्न सफल भइन उनले नगद ३१ सय प्राप्त गरेकि छन । यसै गरि प्रतियोगिताको उदयमान खेलाडी कृष्ण मा वि कि गिता बुढा बन्न सफल भईन । उनले नगद ३१ सय संगै ट्रफी हात पारिन । यसै गरि कृष्ण मा वि कि शान्ति बि क उत्कृष्ट डिफेन्डर बन्न सफल भईन । उनले नगद ३१ सय संगै ट्रफी हात पारिन । प्रतियोगितामा मिड फिल्डर छात्रा तर्फ बालकल्याण कि बिस्णा बस्नेत बन्न सफल भइन । उनले नगद ३१ सय हात पारिन ।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम, २ का अध्यक्ष गोबिन्द बि क, ३ का अध्यक्ष मन्ऋषी आचार्य ,कार्यापालिका सदस्य सरस्वती बि क, मिरा आलेमगर, गुरुकुल इङ्लिश मेडियम स्कुलका संस्थापक माधव थापा लगाएतको सहभागिता रहेको थियो । प्रतियोगितामा ३२ छात्र र १६ छात्राहरुको टिम सहभागीता रहेको थियो ।