बिश्व रेबिज दिवश २०८१ शुरु

गणेश क्षेत्री
टीकापुर, १० असोज/बिश्व रेबिज दिवश २०८१ अबरोध हटाआंै रेबिज उन्मुलन गरौ भन्ने नाराका साथ टीकापुर नगरपालिकामा सम्पन्न भएको छ ।
पशु सेवा साखा टीकापुरका प्रमुख श्यामराज पाण्डेको सभापतित्वमा भएको कार्यक्रम मा प्रमुख अतिथि वडा नं १ का अध्यक्ष मोहन बि।क। रहनुभएको थियो । विशिष्ट अतिथिमा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र धनगढीका डा निलम खनाल रहनुभएको थियो ।
प्रमुख अतिथि अध्यक्ष बि।क। ले रेबिज विरुद्धको भ्याक्सिन लगाउने समय अझैं थपेर रेबिज विरुद्ध जनचेतनामूलक कार्यक्रम मा जोड दिनुपर्ने बताउनुभयो ।


कार्यक्रममा विशिष्ट अतिथि निलम खनालले रेबिज लागेर लक्षणहरु देखिएपछि उपचार नै नहुने हुनाले जनावरले टोकेमा रेबिज विरुद्धको भ्याक्सिन लगाउनुपर्छ र यो भ्याक्सिन पुर्ण रुपमा सुरक्षित भएकोले आत्तिनु नपर्ने बताउनुभयो ।
डा।खनालले रेबिज विरुद्धको भ्याक्सिन लगाउनु सर्हानिय भएको तर बन्ध्याकरण गराएमा सङ्ख्या पनि नियन्त्रण हुनेहुनाले बन्ध्याकरणमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति पाण्डेले रेबिज लागिसके पछि उपचार गरौंला भन्ने मानसिकता त्यागेर जनावरले टोकेपछि तुरुन्तै नजिकै को अस्पतालमा जानुपर्ने र निशुल्क भ्याक्सिन पाइने बताउनु भयो ।
पाण्डेले जनचेतनामूलक कार्यक्रममा पशु सेवा शाखाले जोड दिएर स्कुलमा गएर कार्यक्रम गरिरहेको बताउनुभयो । पाण्डेले यो पटक १ हजार कुकुर बिरालो लाइ भ्याक्सिन लगाउने लक्ष्य रहेको बताउनुभयो ।
स्वागत र कार्यक्रमको बारेमा प्रकाश भेटेरिनरी अधिकृत कबिराज कठायतले गर्नुभएको कार्यक्रममा प्राबिधिक दिपक बोहोराले स्वागत गर्नुभएको थियो ।
बिश्व रेबिज दिवश को अवसरमा नेपाल अधिराज्य भरि रेबिज विरुद्धको भ्याक्सिन असोज ९ देखि १५ गतेसम्म लगाईदैछ ।