बैङ्क मिटरव्याजी भए

सम्पादकीय
सरकारले एकातिर मिटरव्याजी भन्दै उजूरीका आधारमा कारबाही गर्न थालेको छ । यसरी सापटी दिएर काम चलाएको पैसा मिटरव्याज भएको छ । मिटरव्याजको गलत व्याख्या गर्दै सरकारले सापटी दिएर सहयोग गरेका व्यक्तिको अपमान गर्न थालेको छ । भएका कमिकमजोरीलाई कसरी नियन्त्रण गर्न सकिन्छ त्यसलाई कारबाही गर्नु जायज हो । यहाँ त काम भन्दा हल्ला बढी गरेर श्रेय लिने होडवाजी चलाइएको छ । सरकारको यो रबैयाले समाजमा सरसापट बन्द भएको अवस्था        छ । सरसापटले एक आपसमा मित्रताको व्यबहार राखेको थियो । अहिले समाजमा एक अर्काप्रती विश्वास छैन । एकातिर यस्तो छ भने अर्काे तर्फ बैङ्कले लिने व्याज मनपरी छ । विभिन्न सेवाका नाममा लिने शुल्क मनपरी छ । ७ प्रतिशत व्याजमा लिएको ऋण १४ प्रतिशत पु¥याइएको छ तर राष्ट्र बैङ्क चुपचाप छ । सरकार राष्ट्र बैङ्कको काम हो भनेर आँखा, कान बन्द गरेर बसेको छ । यतिखेर दुर्गा प्रसाईको आन्दोलनले ठूलो रुप लिनुको कारण आर्थिक पनि हो । नागरिकलाई बैङ्कले लुटिरहेको सबैको बुझाई छ । यति चर्काे व्याज लिएर व्यबसाय गर्न सकिने कुरै भएन । उद्योग स्थापना गरेर मात्र के गर्ने ? चर्काे व्याजका कारण व्यापार व्यबसाय चौपट भएको छ । चौपट भएको व्यापार व्यबसायलाई कसरी लिकमा ल्याउन सकिन्छ भन्ने बारेमा सत्तामा बस्नेहरुलाई वास्ता छैन । बैङ्कले लिदै आएको व्याजका बारेमा मौन बस्ने तर नागरिकको सरसापटलाई लिएर ठूलो बनाउने । बैङ्क मिटरव्याजी भएर भनेर नेपाली काँग्रेसका नेता शेखर कोइरालाले पनि बोल्नु भएको छ । नागरिकका जनजीविकाको सवालमा नेताहरुको ध्यान जान जरुरी    छ ।