‘भागवत सप्ताह ज्ञान महायज्ञ–२०८०’ सम्पन्न

टीकापुर १४ जेठ/टीकापुरस्थित कैलाशेश्वर शिवमन्दिर पुननिर्माण र कैलाशेश्वर वेद विद्याश्रमको स्तरोन्नति गर्ने उद्देश्यले जेठ ७ गतेदेखि शुरु भएको ‘श्रीमद् भागवत सप्ताहा ज्ञान महायज्ञ–२०८०’ शनिबार सम्पन्न भएको छ ।
महायज्ञ समापन कार्यक्रम लाई सम्बोधन गर्दै टीकापुर नगरपालिका का उपप्रमुख खडग बहादुर शाहले महाअभियानको शुरुवात भएको बताउँनुभयो । ‘‘कुनै कुराको शुरुवात हुनु भनेको आधासम्म पु¥याउनु हो,’’उपप्रमुख शाहले भन्नुभयो , ‘‘अभियान शुरुवात लक्ष्य अनुसार प्रारम्भ भएको छ , संस्थाको क्षमता अनुसार सहयोग बचन बद्धता प्रकट गर्छु ।’’ उहाँले मन्दिर निर्माण साझा संकल्प भएकाले साझा संकल्पलाई सबै मिलेर पत्ते गर्न सकिन्छ भन्नु भयो ।‘‘ धर्म संस्कृति लाई पुस्ता हस्तान्तरण गर्न सकिरहेका छौ कि छैनांै भन्ने बारेमा बहस हुनुपर्छ ,’’ शाहले भन्नुभयो, ‘‘ युवा पीढि कता बरालि रहेको छ खोजी गर्न जरुरी छ ।’’


कार्यक्रममा ब्रह्म कुमारी इश्वरीय बिश्व बिद्यालय टीकापुरका प्रमुख सीता दिदीले शिबमन्दिर यस क्षेत्रकै आस्थाको केन्द्र भएकाले सबैको भावना सकारात्मक हुनुपर्छ भन्नुभयो । जहाँ तन् मन् हुन्छ , जहाँ धन त्यहा मन् हुन्छ भन्दै उहाँले महायज्ञले मन्दिर निर्माणमा सन्देश दिएको बताउँनुभयो । कार्यक्रममा धन्यवाद तारा अधिकारीले दिनुभएको थियो भने समापन महायज्ञका वाचक नारायण तिमिलसेनाले गर्नुभएको थियो । सञ्चालन रामबहादुर भण्डारीले
गर्नुभएको थियो । दान कति संकलन भयो भन्ने बारेमा केही दिनमा जानकारी गराउने आयोजक ले जनाएको छ । यस पटकको महायज्ञमा दान गर्नुहोस् भन्ने दबाब कतैबाट नभएको श्रद्धालूहरु को भनाई छ । ‘‘स्वफूर्त दान गर्नु भएको छ , तै पनि दान गर्नेहरुको संख्या राम्रै छ,’’ कृष्ण बजगाईले भन्नुभयो, ‘‘टेण्ट, संगितकर्मी र अन्यमा केही खर्च भएको छ भने वाचकको पैसा बचाएका छौ ।’’ महायज्ञका लागि बिभिन्न जिल्लाबाट ६ जना राष्ट्रिय कलाकार टीकापुर आउनुभएको थियो । महायज्ञमा आवश्यक पर्ने यज्ञसमाग्री भारत को गुजरातबाट ल्याइएको थियो ।
महायज्ञबाट संकलन भएको रकमले मन्दिर पुननिर्माण गर्ने योजना छ । टीकापुर स्थित कैलाशेश्वर शिबमन्दिर यस क्षेत्रकै ऐतिहासिक मन्दिर भएपनि संरक्षणमा जनप्रतिनीधिको ध्यान नजाँदा समस्याका भएको हो ।पछिल्लो समय मन्दिर व्यबस्थापन समितिमा नयाँ कार्यसमिति आए पछि मन्दिरको आम्दानी पारदर्शी हुन थालेको छ भने आस्था पनि बढ्न थालेको छ । मन्दिरकै आम्दानी खाने बानीले आस्थामा सचेत चोट लागेकै बेला केही बिद्धान अग्रजले मन्दिरमा ध्यान दिएपनि सामाजिक अगुवाको कम ध्यान गएको छ ।
टीकापुर नगरपालिकाले यस अघिका मेयर तपेन्द्र बहादुर रावलको अगुवाईमा मन्दिरको नक्सा र डिपिआर तयार पार्न पहल भएपनि अहिलेका जनप्रतिनीधिले वेवास्ता गर्दा तयार भएको डिपिआर मन्दिर व्यबस्थापन समितिले नपाएको स्थानीयको भनाई छ ।
जमरा नदीको किनारमा रहेको शिमन्दिर बास्तु सास्त्र अनुसार पनि ठिक ठाउँमा निर्माण भएको बताइन्छ । यो मन्दिरमा आराधना गर्ने हरेकको मनोकामना पूरा हुने बिश्वास लिइएको छ ।