टीकापुर, १८ फागुन/मष्टो संस्कृति प्रवद्र्धन समाज टीकापुरको साधारण सभा भएको छ । तदर्थ समितिका अध्यक्ष काशीराम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व भूमिसुधार राज्य मन्त्री मानबहादुर शाही प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा संस्थाका बारेमा सल्लाहकार संयोजक ललितजंग शाहीले प्रकाश पार्नुभएको कार्यक्रम मा मष्टीप्रसाद जैसी, मनबहादुर रोकाया, इन्द्रलाल रोकाया, नन्द बहादुर कार्की, सिर्जना भण्डारी ले बोल्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष देवेश्वरी शाहीले गर्नुभएको थियो भने कार्यक्रम संस्थाका सचिव सुरजंग शाहीले संचालन गर्नुभएको थियो ।
साधारण सभाले काूसीराम कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा देवेश्वरी शाही, सचिव सुरजंग शाही, सह सचिव मनबहादुर रोकाया, कोषाध्यक्ष दानबहादुर शाही चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यमा ममता रोकाया, नैना जैसी, मोनिका कार्की, रामजंग शाही, धनजित रावल, सर्पराज जैसी निर्विरोध निर्वाचित हुनुभएको छ ।