टीकापुर, ३० माघ/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) टीकापुरले फागुन १ गते ३० औं जनयुद्ध दिवस टीकापुरमा विविध कार्यक्रम गरी मनाउने भएको छ । मंगलबार टीकापुरमा पत्रकार सम्मेलन गरी नगर समिति अध्यक्ष धनसिँह साउँदले पार्टीले जनयुद्ध दिवसमा रक्तदान, शहिद तथा बेपत्ता परिवारलाई सम्मान र दिप प्रज्वलन लगायतका कार्य गर्ने जानकारी दिनुभयो ।

जनयुद्ध शुरु भएको ऐतिहासिक दिन फागुन १ गते भएकाले देश परिवर्तनका महान शहिदहरुप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै जनयुद्धमा वेपत्ता भएका यौद्धा, घाइते यौद्धाहरु र उनीहरुका परिवारप्रति सम्मान गर्न कार्यक्रम गर्ने गरिएको उहाँको भनाइ छ ।
साउँदले दिवसको सन्दर्भमा नेता कार्यकर्ता, शुभेच्छुक र आम समुदाय लाई एकताबद्ध भइ सबै खाले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्दै सुशासन, सामाजिक न्याय र समृछि सहित समाजवाद का लागि अघि बढ्न अपिल गर्नुभएको छ ।