मेरा एजेण्डा अरु दलले पनि उठाएःन्यौपाने

टीकापुर, १० फागुन/नेकपा एमाले बाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार द्वारिका न्यौपानेले आफ्नो पार्टीले उठाएका एजेण्डा अरु दलका उम्मेदवारले पनि उठाएको बताउनुभएको छ ।
‘यस क्षेत्रको विकासका लागि उठाएको कर्णाली कोरिडोर, चक्रपथ, स्वास्थ्य, शिक्षा,सडक,खेल्कूद पूर्वाधार लगायतका एजेण्डा जनताका लागि उठाएका थियौं,’ उम्मेदवार न्यौपानेले भन्नु भयो, ‘अहिले हाम्रा एजेण्डा लाई जनता ले मात्रै नभई  प्रतिश्पर्धीले पनि उठाएकोले हामी खुशी छौं ।’
प्रेस चौतारी नेपाल कैलालीले शनिबार टीकापुरमा आयोजित प्रेस चौतारीसँग उम्मेदवार कार्यक्रम मा बोल्दै न्यौपानेले आवश्यकता अनुसारको काम सृजना गरी स्थानीयको आम्दानी बढाउन पार्कको बिस्तार, थारु साँस्कृतिक ग्राम, कृषिको आधुनिकीकरण जस्ता काम गरिने बताउनुभयो । २०५१ साल देखि एमालेले उठाउँदै आएको भूमिहिनको समस्या समाधान गर्न सुकुम्वासी लाई लालपूर्जा दिइने र त्यसमा आवास बनाउने पनि बताउनुभयो ।
यसअघिका चुनावमा कमजोर देखिएको छ नि भन्ने प्रश्नमा उम्मेदवार न्यौपानेले २०५१ सालमा प्रनितनिधिसभा, २०५४ र २०७४ सालका नगर प्रमुख जितेको भन्दै जनमत सधैं कसैको नहुने भएकाले यसपटक आफूले जित्ने दावी गर्नुभयो ।