टीकापुर, २० भाद्र/नेपाल रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवसको अवसर पारेर देशभर बिभिन्न कार्यक्रम भएका छन् । यसै क्रममा टीकापुर शाखाले जनचेतना फैलाउने प्लेकार्ड बोकेर टीकापुर बजार परिक्रमा गरेका छन् ।
रेडक्रसका कार्यक्रम संयोजक युवराज शर्माको संयोजकत्वमा भएको उक्त ¥यालीमा टीकापुरका बिभिन्न बिद्यालयका बिद्यार्थी सहभागि थिए ।

यसै गरी नारायणपुर रेडक्रसले रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा ३७ पिण्ट रगत संकलन भएको समाचार प्राप्त भएको छ ।
रेडक्रसले मानवताको पक्षमा बर्षौ देखि काम गर्दै आएको छ । पछिल्लो समय केन्द्रमा बिबाद हुँदा अन्तराष्ट्रिय रेडक्रसलाई समेत चुनौती भएको छ । अर्बौको बजेट आउने गरेको समाचार बाहिर आएपछि रेडक्रसमा के का लागी हानथाप हुन्छ भनेर आम रेडक्रसकर्मीले बुझेका छन् । गाउँका रेडक्रसकर्मी ले निस्वार्थ भावनाले काम गर्ने अनी केन्द्रमा झगडा हुँदा सरकारलाई नै समस्या पर्ने गरेको छ । दैवि प्रकोपको समयमा काम गर्ने र रगत उपलव्ध गराउने जस्ता पवित्र काम रेडक्रसले गर्दै आएको छ । विपद्मा आमनागरिकले रेडक्रसलाई सम्झने गर्छन् ।
हरेक विपद्मा रेडक्रसकर्मीको खोजी हुने गर्छ तर रेडक्रसमा राजनीति छिरेपछि यो संस्थाको पनि गरिमा घट्न थालेको आम नागरिकको भनाई छ ।