विपद् परियोजनाले टीकापुरमा जिविकोपार्जन र विपद् व्यवस्थापनमा सघाउंदै

टीकापुर, ९ चैत्र/सामाजिक विकासका लागि सचेत समाज (सिएसएसडी)  को साझेदारीमा संचालित समुदायमा आधारित विपद् जोखीम न्यूनीकरण परियोजनाले टीकापुरमा समुदाय को जिविकोपार्जन र विपद् व्यवस्थापनका क्षेत्रमा सघाएको छ । परियोजनाले २ वर्षमा टीकापुरमा १ करोड ९१ लाख खर्च गरेको छ ।
विदेश मामिला मन्त्रालय जापान र वल्र्ड भिजन जापानको आर्थिक सहयोग, वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र सामाजिक विकासका लागि सचेत समाज (सिएसएसडी) को साझेदारीमा संचालित समुदायमा आधारित विपद् जोखीम न्यूनीकरण परियोजनाले टीकापुरमा पूर्वाधार निर्माण, समुदायको जिविकोपार्जन र विपद् व्यवस्थापन मा समुदायलाई सचेत बनाएको जनाएको छ ।


शुक्रबार टीकापुरमा भएको परियोजनाले सल्लाहकार समिति को बैठकमा परियोजना संयोजक भरत विकले २ वर्षका कार्य अन्तिम चरणमा पुगेका बताउनुभयो । उहाँले कैलालीका ३ पालिका टीकापुर, जानकी र भजनीमा सञ्चालित यो परियोजनाले विपद् व्यवस्थापनका लागि पूर्वाधार निर्माण र समुदायको क्षमता विकासका लागि काम गरिरहेको बताउनु भयो ।
अब तेस्रो वर्षका कार्यक्रम शुरु हुने जानकारी दिँदै एक हप्ताभित्र योजना बनाएर काम थाल्ने बताउनुभयो ।
परियोजनाले समुदायको जिविकोपार्जन र विपद् व्यवस्थापनका क्षेत्रमा समुदाय लाई सचेत बनाएको जनप्रतिनिधि को भनाइ छ ।
टीकापुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले विपद् भनेपछि बाढीलाई मात्र प्राथमिकता दिन नहुनेमा जोड दिनुभयो ।
उहाँले गर्मीको समय नजिकिएकाले आगलागी, खडेरीका कारण हुने क्षति कम गर्न र गर्मीमा लाग्ने सरुवा रोगबारे सचेतना फैलाउन आग्रह गर्नुभयो ।