सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालय टीकापुरले ३५ औं बार्षिकोत्सव तथा अभिभावक दिवस

टीकापुर, १२ फागुन/सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालय टीकापुरले ३५ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश भण्डारीको अध्यक्षता मा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका पूर्व सदस्य माननिय प्रा।डा।जगतबहादुर सिंह रावल रहनुभएको थियो ।
प्रमुख अतिथि रावलले टीकापुर एउटा शैक्षिक क्षेत्र भएकोले विद्यालयले शिक्षासँगै बिद्यार्थीहरु मा आध्यात्मिक र नैतिकवानको पनि आवश्यकता भएकोले त्यस तर्फ ध्यानदिनुपर्ने बताउनुभयो । उहाँले शिक्षा प्राप्त गरेर ठूलो पदमा पुगे पनि उनीहरुमा आध्यात्मिक र नैतिकवान शिक्षा छैन भने त्यो शिक्षा अपूर्ण रहेको बताउँदै आध्यत्मिक र नैतिकवान शिक्षा भए त्यो शिक्षा पूर्ण भएको बताउनुभयो ।  उहाँले नाफामुलक नभएर सेवामुलक भएर शिक्षा प्रदान गर्दै आईरहेका विद्यालयहरु लाई सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि टीकापुर नगरपालिका वडा नं। १ का वडा अध्यक्ष मोहन बि।क।ले टीकापुरलाई शैक्षिक नगरिको रुपमा विकास गर्नको लागि विद्यालयले खेलेको भुमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि विद्यालय लागिरहने छ भन्ने विश्वास आफूले लिएको बताउनु भयो । साथै उहाँले टीकापुर नगरपालिका बाट विद्यालयको विकासका लागि चाहिने सहयोग रहने पनि बताउनुभयो ।
त्यस्तै कार्यक्रमका अर्का विशिष्ट अतिथि नेपाल सन्त निरंकारी मण्डल नेपालका केन्द्रिय अध्यक्ष एवं विद्यालयका प्रमुख गुठीयार नरवहादुर रावलले आध्यात्मिक र नैतिकवान शिक्षा का बारेमा बोल्नु भएको थियो । उहाँले अभिभावकहरुको तर्फबाट आएका सुझाव अनुसार विद्यालय अगाडी बढ्ने बताउनुभयो ।
उहाँले विद्यालयलाई शैक्षिक क्षेत्रमा अझै अब्बल बनाउनको लागि शैक्षिक सत्र २०८३ बाट छात्राबासको पनि व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँले कक्षा १० का विद्यार्थीहरुका लागि छात्राबास विशेष रहेको बताउनु भयो  ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भरत कुमार तिरुवा ले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नूभएको थियो ।
कार्यक्रममा प्रकाश तिमिल्सिना , बिवेक भण्डारी, विद्यालयका निवर्तमान अध्यक्ष श्रीराम काफ्ले,  निवर्तमान प्रधानाध्यापक टेक वहादुर चन्द, पूर्व विद्यार्थीहरु हिक्मत शाही,रबिन्द्रराज रेग्मी, महेशराज रेग्मी,आशिष तिमिल्सिना र समिर रावललाई दोसल्ला आढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा अभिभावकको तर्फबाट खुमानन्द ओली, खड्ग मेमोरियल सेकेन्डरी स्कूल टीकापुरका प्रिन्सिपल हिरण्य प्रसाद शर्मा, सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालय का निवर्तमान अध्यक्ष एवं सल्लाहकार समितिका सदस्य श्रीराम काफ्ले र विद्यार्थीको तर्फबाट विकास शाही लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका सहायक प्रधानाध्यापक  कान्ति प्रसाद ज्ञवालीले गर्नुभएको थियो । कार्यक्रममको सञ्चालन शिक्षकद्वय उदयराज रेग्मी र केदार तिमिल्सिनाले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयमा कक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरुस्कार प्रदान गरिएको थियो ।  साथै विद्यार्थीहरुले विभिन्न नृत्य तथा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।