टीकापुर, १४ बैशाख/सन्त निरंकारी सत्संग भवन बिरेन्द्रनगरमा आयोजित बृहत् रक्तदान शिविर, कर्णाली प्रदेशका उधोग पर्यटन तथा बाताबरण मन्त्री माननिय सुरेश अधिकारी ज्युको प्रमुख आतिथ्यतामा सु-सम्पन्न भएको छ ।
उक्त कार्यक्रम मा २०० जना सन्त महापुरुषले रक्तदान गर्न नाम लेखाएता पनी रेडक्रस शाखा बिरेन्द्रनगरले हाल सिमित पोईन्ट रगत मात्र संकलन गर्न सक्ने क्षमता भएको र केही दिनपछि पुन रक्त संकलन गर्न आउने भनेपछी, महिला ६३ र पुरुष ६० गरि जम्मा १०३ रक्तदाता सन्त महापुरुषले रक्तदान गरेका छन ।

कार्यक्रम को बिशिस्ट अथिती को रुपमा सन्त निरंकारी मण्डल नेपालका केन्द्रिय अध्यक्ष नर बहादुर रावल, प्रदेश सभा सदस्य माननीय जानकी सिंह,जिल्ला समन्वय सभापती गंगाराम सुनार रहनुभएको थियो र अतिथिको रुपमा बिरेन्द्रनगर नपा वडा न १ का वडा अध्यक्ष दिनेश खत्रीको उपस्थिति थियो भने विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी व्यक्तित्व सहित अध्यात्मिक प्रेमी सन्तजनको बाक्लो उपस्थिती रहेको थियो। कार्यक्रमको सभापतिको रुपमा सुर्खेत जिल्ला प्रमुख महात्मा सहबिर थापा ले सेवा निभाउनुभएको थियो । साथमा माननीय मन्त्रीज्यु लगायत अथितिले निर्माणाधिन सत्संग भवनको समेत निरीक्षण गर्दै आफ्नो सुझाव सल्लाह व्यक्त गर्नुभयो।
रक्तदान कार्यक्रम सम्पन्न भयपश्चात लगत्तै बृहत् सत्संग कार्यक्रम मण्डल का केन्द्रिय अध्यक्ष आदरणीय नर बहादुर रावल ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भयो, सत्संगमा करिब १००० जना सन्त महापुरुषको उपस्थिति रहेको थियो ।