समाजसेवालाई सम्मानित बनाऔं

सम्पादकीय
समाजसेवा देश र जनताका लागि निस्वार्थ गरिने काम हो । नागरिकलाई कठिन परेको समयमा सहयोग गर्ने र समाजमा परोपकार सम्बन्धि काम गर्दा आत्म सन्तुष्टि हुन्छ । आत्मसन्तुष्टिका लागि समाजसेवा गर्ने हो । देशकालागि स्वयमसेवकका रुपमा काम गर्नु समाजसेवा हो । आफुसंग भएपछि निस्वार्थ रुपमा सामाजमा योगदान गर्दा आत्मसन्तुष्टि हुन्छ । समाजसेवा गर्नेहरुको सम्मान अलग्गै हुन्छ । यस्तो पवित्र काम नेपाली समाजमा बद्नाम हुँदै गएको छ यसको एउटै कारण हो समाजसेवाका नाममा आफ्नो स्वार्थमा लिप्त हुनु । आफ्नो स्वार्थमा लिप्त हुन समाजसेवा गर्दा निस्वार्थ समाजसेवा गर्छु भन्नेहरुलाई पनि सम्मान र बिश्वास छैन । नेपाली समाजमा बेरोजगारहरुको भिड छ । बेरोजगार युवाहरुको सपना समाजसेवा गर्नु रहेको छ । समाजसेवाका नाममा करबाट आएको बजेट कसरी हातपार्न सकिन्छ भन्नेमा धेरैको ध्यान हुन्छ । बेरोजगार हुने र मौका पायो की लुट्न थालिहाल्छन् । यसरी लुट्ने क्रममा आपसमा द्वन्द हुनु स्वभाविकै हो । सबै युवाहरु लुट्नुपर्छ भन्नेमा हुँदैनन् । इमान्दार भएर समाजसेवा गरौं भन्ने यवाहरु पनि छन् । नेपाली समाजमा भ्रष्टहरुको रजगज भएपछि समुदायमा अबिश्वास बढ्न थालेको छ । बद्नाम पात्रहरुकै कारण समुदाय स्तरमा अबिश्वास बढ्न थालेको देखिन्छ । यसरी अबिश्वास बढ्दै जाँदा विकासका सवालमा पनि समस्या हुन थालेको छ । विकास बजेट खाएर समाजसेवी भन्न रुचाउनेहरु हाबी भएपछि नागरिक निरास छन् । तसर्थ समाजसेवालाई सम्मानित कामका रुपमा बुझाउन जरुरी छ । हरेक सामाजिक कार्यकर्ताले पनि समयमै सोच्न जरुरी छ ।