टीकापुर, २० भाद्र/ टीकापुर स्थित साना सहरी खाने पानी तथा सरसफाई संस्थाको पदस्थापन कार्यक्रम बुधवार भएको छ । पदस्थापन भएपछि खड्ग धामी को नेतृत्व मा निर्बाचित नयाँ कार्य समितिले औपचारिक रुपमा कार्यभार सम्हालेका छन् ।
संस्थाका निबर्तमान कार्यबहाक अध्यक्ष श्रृजना पण्डितको सभापतित्व मा भएको उक्त पदस्थापन कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष नवराज रावलले नव निर्बाचित कार्यसमितिलाई शुभकामना र निबर्तमान पदाधिकारी तथा सदस्यहरुलाई धन्यावाद दिनुभयो । कार्यक्रममा रावलले खानेपानी ठूलो संघर्ष गरेर ल्याएको स्मरण गराउँदै उहाँले स्वच्छ पानी पिउने नागरिकको अधिकारका बारेमा सबै गम्भिर हुन जरुरी छ भन्नुभयो । उहाँले नयाँ कार्यसमितिले अझ राम्रो काम गरेर उपभोक्ताहरु को मन जित्न सफल हुने गरी काम गर्न सुझाव दिदै आवश्यक परेका बेला जतिबेला पनि सहयोग गर्ने आश्वान दिनुभयो ।
निबर्तमान कार्यबहाक अध्यक्ष श्रृजना पण्डितले आधा कार्यकाल कार्यबहाक भएर काम गरेको बताउँदै सिक्ने अवसर पाएको बताउँनुभयो ।‘‘ आफुले अवसर पाएकाबेला संस्थाको हितमा अधिकतम काम गरेको सबैलाई थाहा छ ,’’ पण्डितले भन्नुभयो,‘‘उपभोक्ताले जसलाई बिश्वास गर्नुहुन्छ उसैले नेतृत्व गर्ने हो ।’’ उहाँले संस्थाको हितका लागि जहिले पनि सहयोग तत्पर रहेको पनि बताउनुभयो । नवनिर्बाचित अध्यक्ष खड्ग धामीले उपभोक्ताले बिश्वास गरेर मत दिनुभएको छ, त्यो मतको सम्मान हुनेगरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले सकेजति मितव्ययी भएर काम गर्ने भन्दै सबैको सहयोग भयो भने खानेपानी संस्थालाई टीकापुरको उत्कृष्ट संस्थाका रुपमा देखाउने सोच छ भन्नुभयो । निबर्तमान कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई संस्थापक अध्यक्ष रावलले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालन निबर्तमान सचिब मनिष बलायरले गर्नुभएको थियो । नव निर्बाचित कार्यसमिति मा उपाध्यक्ष सीता चौधरी, सचिब मा प्रकाश खड्का, कोषाध्यक्षमा हिरासिंह बिष्ट रहनुभएको छ । सदस्यहरुमा बमबहादुर ओली, तेज ठकुल्ला, डम्बर नायक, जानकी आचार्य र जालपा देबि भट्टराई रहनुभएको छ । यस पटक खानेपानीको निर्बाचनमा कांग्रेस, एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीको अलग अलग प्यानल प्रतिस्प्रधामा उत्रिएका थिए ।
कांग्रेसबाट अध्यक्ष धामी सहित उपाध्यक्ष चौधरी , कोषाध्यक्ष बिष्ट निर्बाचित हुनु भएको थियो भने सदस्यहरुमा ठकुल्ला, नायक र आचार्य निर्बाचित हुनुभएको हो । एमालेबाट सचिबमा खड्का सहित सदस्यहरु ओली र भट्टराई निर्बाचित हुनुभएको हो ।
अध्यक्ष धामीले प्रतिस्प्रधि भन्दा दोब्बर मतले बिजयी हुनुभएको थियो । खानेपानी पछिल्लो समय मनपरी पेश्की लिएका कुरा बाहिर आएपछि आम उपभोक्तामा आक्रोस थियो । लिएको पेश्की अडिट रिपोर्टमा नदेखाइएपछि आम उपभोक्तामा खानेपानी संस्था प्रति चरम असन्तुष्टि थियो ।‘‘ बर्तमान कार्यसमितिले अघिल्ला समितिका कमि कमजोरीबाट सिक्ने हामीले आशा गरेका छौ,’’ नेपाली कांग्रेसका पूर्ब जिल्ला सहसचिब चिरञ्जिबी खनालले भन्नुभयो ,‘‘ नागरिकको स्वास्थ्य संग प्रत्यक्ष जोडिने बिषयमा कार्यसमितिका पदाधिकारीहरु सचेत हुनु पर्छ ।’’ उहाँले पछिल्लो समय संघ संस्था मा पार्टीको आडमा पदमा बस्ने र मनपरी गर्दै जाँदा राजनीतिक दलका नेता कार्यकर्तालाई घृणाको दृष्टिकोणले हेर्न थालेको कुरा मनन गर्न जरुरी छ भन्नुभयो ।