सम्पादकीय
नेपाली समाजमा खबरदारी गर्ने संस्कार हराउँदै गएको छ । समाजका अगुवाले गरेका काम र कर्तव्यका बारेमा खबरदारी गर्ने बानी नहुँदा मनपरी बढ्दै गएको छ । मनपरी गर्नेहरुको अराजकता बढ्दै जाँदा आपसमा द्वन्द हुने गरेको छ । संघ संस्था बलियो नहुनु पनि मुख्य कारण खबरदारी नहुनु हो । खबरदारी गर्ने सवालमा चुक्दै जाँदा नेतृत्वकर्ताहरुले गल्ती महशुस गर्ने गरेका छैनन् । काम गर्ने बेला कमिकमजोरी हुनसक्छ त्यस्तो बेला खबरदारी गर्ने समूहले सच्याउन सक्छ । अर्काले गरिखाएको देखिनसक्ने संस्कारको विकास हुँदैछ । अर्काले ग¥यो मैले पनि गर्नुपर्छ भन्नु भन्दा त्यसले कसरी खायो भन्ने बढी चियोचर्चा गर्ने गरिएको छ । हरेक पेशाकर्मी इमान्दार भएको भए देशको अवस्था यस्तो हुने थिएन । पत्रकार अलिखित राष्ट्रको चौथो अंग मानिएको छ । दबेका आवाज उठाउने पत्रकार नै हुन् । दबेका आवाज बाहिर नआएको भए पार्टीको आडमा अराजकता मच्चाउँदै आएकाहरुले मनपरी गर्दै जाने थिए । पछिल्लो समय सञ्चार बलियो हुँदै गएको छ । केही बिकृति पनि थपिएका होलान् तर प्रेस काउन्सिलले लगाम लगाउने हो भने सुध्रन बाध्य हुनुपर्ने कानून छ । प्रेस काउन्सिलमा निश्पक्ष व्यक्ति हुने हो भने नेपालको पत्रकारिता अझ बलियो र भरपर्दाे हुने थियो । देशभर अहिले पत्रकारीता समस्यामा पर्दै गएको पेशा हुन थालेको छ । कम पढाई भए हुने भएपछि पत्रकारीता गर्न सजिलो त होला तर यसले म¥यादा पनि घटाएको छ । एकातिर पत्रकारीता गरेर जीवन निर्बाहा गर्न गाहे छ अर्काे तर्फ समाजलाई पत्रकार त चाहिएको छ । पत्रकार सम्मेलन गर्नेबेला पत्रकार खोज्ने समाजले पत्रकार हकहितका बारेमा बोलेको पाइदैन । बरु पत्रकार खाएर चुपचाप बसेका छन् भन्ने गरिन्छ । कसैले लेख्यो भने पाएन लेख्यो भन्ने गरिएको छ । बर्षाै देखि पत्रकारीता गरेकाहरुलाई समाजले सोच्न बाध्य बनाएको । चाहिएकै बेला पत्रकार कहाँ पाइने हुन् ? आम नागरिकले पत्रकारसंग आशा गर्नु अपराध होइन । पत्रकार आवाज बिहिनका आवाज हुन् । पत्रकारले बिकृतिका बारेमा उजागर गर्नु कर्तव्य हो । हरेक पेशामा सबै राम्रा छन् भन्ने होइन । हाम्रो समाजका सदस्यहरु हुन् पत्रकार पनि । पत्रकारले सबै कुरा बाहिर ल्याउनुपर्छ भन्ने मान्यता सकारात्मक कुरा होला तर पछिल्लो समय भए भरका बेथितिका बारेमा पत्रकारले मात्र केही गर्न सक्ने अवस्था छैन । जेनजीको आन्दोलनपछि देशको पुरै मनस्थिती खलबलिएको छ । यो संकटका बेला पत्रकार सजग हुनुपर्छ । मुलुक संकटमा परेकाबेला पत्रकारले सही सुचना बाहिर ल्याउनु पर्छ । यतिखेर जेनजीको आन्दोलनका बारेमा नानाथरी कुरा उठ्न थालेका छन् । यस्तो अवस्थामा पत्रकारले गम्भिर भएर सत्य तथ्य कुरा बाहिर ल्याउनुपर्छ । खर्बाै रुपैयाको सम्पत्ती जलाएर खरानी बनाइएको छ । देशको अवस्था सुधार्ने सवालमा पत्रकारले खबरदारीको भूमिका निभाउनुपर्छ । परिवर्तनका नाममा भएको ध्वंसले आम नागरिकलाई झस्काएको छ । राजनीतिक दलका नेताहरुले सुझबुझ देखाएको भए यस्तो अवस्था आउने थिएन । प्रजातन्त्रमा देश चलाउने प्रणाली भनेको दलले नै हो । दलले जनताको मत लिएर देशमा साशन गर्ने हो । यसका लागि पनि पत्रकार सचेत हुन जरुरी छ ।