टीकापुर,१२ कार्तिक/कैलाली को धनगढीमा छ जना उत्कृष्ट जलवायु स्मार्ट उद्यमशीलता युवाहरुलाई एक लाख पच्चिस हजार रकमको अनुदान पुरस्कार प्रदान गरिएको छ । सुदूरपश्चिम प्रदेशमा ६ स्मार्ट उद्यमशिलता युवालाई पुरस्कार रकम प्रदान गरिएको हो । युवाहरुलाई मुख्यमन्त्री कमलबहादुर शाहले प्रतियुवा एक लाख २५ हजारका दरले रकम उपलब्ध गराउनु भएको हो ।
वातवरण तथा जलवायु विकासमा नेपाली युवा ९एनवाईसीएजीजी० युरोपेली संघको ९युरोपियन युनियन० आर्थिक सहयोगमा युथ इनोभेसन ल्याब, रेस्टलेस डेभ्लपमेन्ट नेपाल, अनुसन्धान तथा दिगो विकास नेपाल ९ऋच्भ्ब्क्क्ष्इल्० र सिडिएमएसद्वारा संयुक्त रुपमा संचालित बहुवर्षिय परियोजना अन्तर्गत जलवायु स्मार्ट उद्यमशीलताको पुरस्कार दिवस मा धनगढीमा क्रिएसन नेपाल द्वारा वितरण गरिएको हो ।
जलवायु स्मार्ट उद्यमशीलता कार्यक्रमको मुख्य उद्देश्य जलवायु र वातावरणीय चुनौती लाई सम्बोधन गर्ने खालका विचारधारा, आविष्कार र युवा उद्यमीहरुको लागि अवसरहरु प्रदान गर्नु हो । जस अन्तर्गत सुदूरपश्चिम प्रदेशका १५–२९ वर्ष उमेर समुहका युवाहरुलाई विभिन्न माध्यमबाट आवेदन आह्वान गरिएको र त्यस मध्य बाट उत्कृष्ट २० छनोट गरि बिगत ३ महिना देखि आवश्यकता अनुसार वृद्धि विकासका लागि तालिम र अभिमुखिकरण गरिएको थियो ।
पुरस्कार दिवस कार्यक्रमको ढाँचा बमोजिम छनोट भएका २० जना समुहका प्रतिस्पर्धीहरुले आ–आफ्नो भावी र हाल सञ्चालनमा आईरहेका जनवायु स्मार्ट व्यवसायको आईडिया कार्यक्रम मा प्रस्तुत गरेका थिए । त्यस मध्य उत्कृष्ट ६ लाई विभिन्न मुल्याङकन अंकको आधारमा छनोट गरी परियोजनमा उल्लेख भएको अनुदान आर्थिक सहयोग प्रदान गरिएको हो ।

कार्यक्रममा विशिस्ट अतिथि युरोपेली संघका कार्यक्रम प्रबन्धक रोसल्बा टुसे, क्रिएसन नेपालका संस्थापक अध्यक्ष आनन्द मिश्र, युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडा, नीडस् नेपालका कार्यकारी निर्देशक भवाराज रेग्मी लगायतको उपस्थिति रहेको थियो । निर्णायक मण्डलको भुमिकामा कैलाली उद्योग वाणिज्यका महासचिव ओमबहादुर विष्ट, बाल्मीकी इन्टरनेशनल स्कूलका अध्यक्ष दिनेशराज भण्डारी र एक्सिस् स्कूलका प्रमुख अनिता पन्तको रहनु भएको थियो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विभिन्न प्रदर्शनी स्टलको अवलोकन
गरी युवा उद्यमीहरु लाई नेपालमै बसेर व्यवसाय गर्न हौसला प्रदान गर्नुभएको थियो । जलवायु स्मार्ट व्यवसाय सम्बन्धि सुदूरपश्चिममै यो कार्यक्रम पहिलो पटक भएको र भावी दिनहरूमा पनि यस्तै किसिमका कार्यक्रमहरुको थप आवश्यक भएको भन्दै निड्स नेपालका कार्यकरी निर्देशक भवाराज रेग्मीले स्वागत गर्नुभएको थियो । वातवरण तथा जलवायु विकासमा नेपाली युवा ९ल्थ्ऋब्न्न्० प्रोजेक्टको बारेमा विस्तार रूपमा क्रिएसन नेपालका इनोभेसन संयोजक अग्रिमा केसीले सो कार्यक्रममा पाहुनाहरु लाई प्रकाश पार्दै सहभागी युवालाई आफ्नो उत्कृष्ट प्रस्तुती प्रस्तुत गर्न शुभकामना ब्यक्त गर्नुभएको थियो ।
क्रिएसन नेपालका अध्यक्ष आनन्द मिश्रले प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट छ जना बिजेता प्रतियोगी अल्गल फर्म, अजोले ब्लूम फर्म, कोको साथी, इको बगासेस सोलुसन, त्रिन् कला र भर्मी काउ अर्गानिक आदिको नतीजा प्रकाशन गरी पुरस्कार स्वरूप प्रत्येक विजेता टिमलाई एक लाख २५ हजार हस्तान्तरण गर्नु भएको थियो ।
युरोपेली संघका कार्यक्रम प्रबन्धक रोसल्बा टुसेज्यूले हाल विश्वमा भइरहेको जलवायु परिवर्तनको समाधानमा युवाको मुख्य भूमिका रहेको भन्दै सम्पूर्ण जलवायु परिवर्तन सम्बन्धी सचेतक युवाहरुलाई धन्यवाद दिनु भएको थियो भने युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले युवाहरु अझै थप सशक्त भइ आविष्कार तथा इनोभेसन कार्यहरूमा अघि बढ्नुपर्छ भन्दै कार्यक्रम समापन गर्नुभएको थियो ।