सम्पादकीय
कैलाली क्षेत्र नम्बर १ मा २०७४ सालमा निर्बाचित भएका जनप्रतिनीधि दोहरिन पाएनन् । टीकापुरका ४ वटा बडाध्यक्ष , जानकीको १ जना वडाध्यक्ष मात्र दोहरिने अवसर पाए । प्रमुख , उपप्रमुख र सांसद दोहरिन पाएनन् । अघिल्लो पटक मेयर भएका तपेन्द्र रावल यस पटक संघिय सांसदको उम्मेदवार हुनु भयो जमानत पनि बचेन भन्ने कुरा आएको छ । ५ बर्ष मेयर हुनुभएका रावलले यस पटक सांसदमा पाएको मत भन्दा बढी मेयर हुँदा मत पाउनुभएको थियो । प्रदेश क र ख मा मत बढ्नुको साटो खस्केको छ । नगरपालिकामा मेयर हुँदासम्म बिबादमा नपरेका मेयर प्रति नागरिकको गुनासो निर्बाचनका बेला देख्न पाइयो । स्वयम रावलले पनि भोग्नुभयो । बरु काम नगर्ने तर बिबादमा नपर्ने सोचमा लागेर रावलले ५ बर्ष कटाएपनि २०७७÷०७८ को महालेखाको प्रतिवेदन हेर्ने हो भने नगरपालिकामा चरम व्यतिथी रहेछ भन्ने सजिलै बुझ्न सकिन्छ । ६ करोड भन्दा बढी बेरुजु भनेको छ । तिर्नुपर्ने बेरुजु नभएपनि महालेखाले उठाएको प्रश्नलाई नैतिकताको कुरा गर्ने हो भने ठूलो रकम हिनामिना भएको बुझन् सकिन्छ । यसरी ५ बर्षमा देखिने काम केही पनि भएनन् । डिपिआर बनाउने काम धमाधम भयो तर काम कुनै पनि भएनन् । यसरी नगरपालिकाको समय खेर फालेको नागरिकले महशुस गरेका छन् । ५ बर्षमा पार्क का बारेमा नगरपालिकाका जनप्रतिनीधि हुन् या प्रदेश माननीय हुन् कसैले वास्ता गरेनन् । टीकापुरमा पार्क छ भनेर गर्ब गर्ने तर त्यहि पार्कमा पिकनिक खाने ठाउँ गतिलो भएको नदेख्ने जनप्रतिनीधिका बारेमा जनताले वाच गरेका थिए । नगरपालिका र प्रदेश अनी संघ बिच पनि खासै तालमेल भएन । यसरी तालमेल नभएपछि सबै जनप्रतिनीधि जनताको जनजरबाट गिरेका छन् । त्यसैको असरले निर्बाचनमा अघिल्लो पटक निर्बाचित भएका उम्मेदवार यस पटक हार्न पुगे । प्रदेश सांसद डाक्टर रणबहादुर रावल र कृष्ण चौधरी पनि उम्मेदवार हुनुभयो तर जनताले रुचाएनन् । तसर्थ जनप्रतिनीधिहरुले ठोस योजना बनाएर काम गर्न जरुरी छ । विकासका सवालमा स्टन्ट गरेर होइन वास्तविक धरातलमा भएर काम गर्न जरुरी छ । हैन भने जनताले लखेट्ने निश्चित हो ।