प्रदेश सरकार भ्रष्ट भयो

सम्पादकीय
सुदुरपश्चिमको सरकार भ्रष्ट भयो भनेर सुदुरपश्चिमवासीले भनिरहेका छन् । सरकारले ठूलो योजना एउटा पनि देखाउन सक्दैन । ५ बर्षमा बर्तमान सरकारले गरेका विकास निर्माणको लिष्ट बनाउने हो भने १० वटा पुग्दैनन् । ५ करोडमा तयार भएका योजना देखाउ सरकार भनेपछि सुदुरपश्चिम सरकारले कोरोनाले काम गर्न पाइएन भन्नुपर्ने अवस्था छ । सत्ता पक्षले लुट्यो तर प्रतिपक्ष कहाू छ भन्ने हो । प्रतिपक्षको भूमिका खै रु प्रतिपक्षले सुदुरपश्चिम प्रदेश सरकारको बिरुद्धमा कहाँ बिरोध जनाएको छ रु प्रदेश सरकार भ्रष्टाचारमा लिप्त भयो भनेर नेपाली कांग्रेसले बिज्ञप्ती समेत निकाले देख्न पाइदैन । प्रदेशको लेखा समिति संयोजक कांग्रेसको छ तर खै त भ्रष्टाचारका बिबरण बाहिर आएको । काले काले मिलेर खाउँ भाले भन्ने नीति यतिखेर नेपालका राजनीतिक दलका नेताहरुले लिएका छन् । सत्ता पक्षका केही नेता र प्रतिपक्षका केही नेता मिलेर बजेटको भागबण्डा गर्ने र आफ्ना आसेपासेलाई मोटाउने बाहेक केही काम भएको पाइदैन । अनुदान र ठोस काम नदिने बजेटमा सत्ता पक्ष र प्रतिपक्ष मिलेर बजेट खाएका छन् । अनुदान दुरुपयोग भएको गुनासो व्यापक छ तर प्रतिपक्ष कांग्रेसले आवाज उठाएको कहाू छ रु प्रतिपक्षको भूमिका के हो रु प्रतिपक्षमा बस्नु भनेको मिलेर खानु हो रु नेताहरु सत्ता पक्षसंग मिलेर खाने अनी कार्यकर्तालाई हाम्रो सरकार नभएकाले केही गर्न पाइएन भनेर भुल्याउने रुआम नेपालीले नेपाली कांग्रेससंग मात्र आशा गरेका छन् । कांग्रेसले केही गरे गर्छ नत्र कम्युनिष्टबाट आशा छैन भनिरहेका छन् यस्तो अवस्थामा कांग्रेसको भूमिका पनि भरपर्दो छैन । सत्ता स्वार्थका लागि मात्र नेपाली कांग्रेसका नेताहरु लाग्ने हुन् भने गणतन्त्र मात्र होइन प्रजातन्त्रमा समेत बिश्वास गुम्ने खतरा बढेको छ । जनता कतिञ्जेल रमिते भएर बस्ने रु नेपाली जनतालाई ठग्ने काम मात्र भएको छ । तसर्थ सुदुरपश्चिमबासी जनता सचेत हुन जरुरी । झोले कार्यकर्तालाई देशको भन्दा आफ्नो व्यक्तिगत चिन्ता हुनसक्छ तर इमान्दार कार्यकर्तालाई देशको चिन्ता छ । इमान्दार कार्यकर्ताले गलतको बिरुद्ध आवाज उठाउन जरुरी छ । नेताहरुमा देखिएको मनोमानी र सुख सयलको राजनीतिले जनतामा निरासा छाएको छ । जनताले समयमै गलत पहिचान गरी तह लगाउन जरुरी छ ।