टीकापुर, १४ साउन/टीकापुर नगरपालिका बिषयगत सेवा भन्दा तालिम गोष्ठी तर्फ केन्द्रीत भएको महालेखाकाको प्रतिबेदनमा देखाइएको छ ।
टीकापुर नगरपालिकाको आर्थिक बर्ष २०७७/०७८ को प्रतिबेदनमा महालेखाले वितरणमुखी भएको औल्याएको छ । जनप्रतिनीधिको सुबिधा, खानपान र बिबिधमा ४० लाख ८९ हजार ३ सय ३२ रुपैया खर्च भएको देखाएको छ भने सभा सञ्चालनमा ११ लाख ५१ हजार ९ सय २६ रुपैयाँ खर्च भएको देखाएको छ जुन महालेखाले अस्वाभिक भएको ठहर गरेको छ ।
यसै गरी नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ मा नगरपालिकाले आफ्नो अधिकार भित्रको बिषयमा स्थानीय स्तरको विकासका लागि आवश्यक बार्षिक अल्पकालिन , मध्यकालिन र दिर्घकालिन योजना बनाएर कार्यान्वयन नगरेको महालेखा को प्रतिवेदनमा उल्लेख छ । अधुरा योजनाको समिक्षा नगरेको पनि महालेखाले ठहर गरेको छ । नगरपालिकाले मेसिनरी सवारी साधन मर्मतको अभिलेख नराखेको महालेखाले टिप्पणी गरेको छ । नगरपालिकाले ९० जना कर्मचारी करारमा राखेको र कोरोना कालका लागि ३ जना कर्मचारी राखेपनि क्वारेन्टाईन एंब आइसोलेसन सञ्चालन नभएको अवस्थामा पनि सुबिधा खुवाएको भन्दै प्रतिवेदनमा असन्तुष्टि जनाइएको छ ।
यसै गरी औषधि खरिदमा ५ लाख रुपैया कम खर्च गरेर कोटेसनबाट करिब २३ लाख रुपैयाँको औषधि खरिद गरेको र त्यो औषधि वितरण माथि शंका गरिएको प्रतिबेदनमा उल्लेखछ । यस बाहेक ३० लाख थप औषधि खरिद भएको छ । कोरानामा कालमा करिब १५ लाख रुपैयाँ बराबरको खरिद भएका अक्सिजन सिलिण्डर , ल्यापटप, प्रिन्टर,पेनड्राईभ , अक्सिजन कन्सनटेटेर जिन्सिमा दाखिला नभएको महालेखाले प्रष्ट लेखेको छ । यसरी लेख्नु भनेको सामान खरिद भएन या खरिद भएका सामान कर्मचारीले घर पु¥याए भन्ने हो । बिभिन्न समिति का बैठक भत्तामा मात्र लाखैं खर्च गरिएको छ भने अनुगमनका नाममा मेयर उपमेयर सहितको अनुगमनमा करिब ९ लाख रुपैयाँ खर्च गरिएको छ । बिभिन्न संघ संस्थालाई उपलव्ध गराइएको समाग्री तथा निर्माणमा समेत आर्थिक पारदर्शीता नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
यसै गरी करिब ९ लाख रुपैयाँ बिभिन्न व्यक्तिलाई आर्थिक सहयोग दिइएको छ । डकुमेन्ट्रि का नाममा लाखांै रकम खर्च गरिए को बुझिएको छ । एक सय ३३ पेज भएको महालेखा प्रतिवेदनले औल्याएका कमजोरी लाई बिचार गर्ने हो भने टीकापुर नगरपालिका मा आर्थिक सुशासन छैन भन्ने प्रष्ट हुन्छ । निर्माणमा पनि व्यापक त्रुटि रहेको पाइन्छ भने राजस्व ठग्दासम्म कर्मचारी प्रशासन मुक दर्शक रहे को महालेखा प्रतिवेदन ले औल्याए को छ ।
उपभोक्ता समिति मार्फत निर्माण भएका योजनामा पारदर्शीता देखिदैन । यसरी महालेखाले देखाएका कमजोरी मात्र होइन जनप्रतिनीधि र कर्मचारी मिलेर मिलाएका बिलका बारेमा सोच्ने हो भने विकासका लागि बजेट बच्ने कुरै भएन । विकास बजेट व्यापक दुरुपयोग भएको छ ।
‘‘ ५ बर्षमा देखिने विकास योजना के छ भनेर खोज्ने हो भने पार्कको गेट बाहेक अरु केही देख्न पाइदैन ,’’ नेपाली कांग्रेसका पूर्ब क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले भन्नु भयो ,‘‘ बजेटमा त कर्मचारी र जनप्रतिनीधिले मोज गरेका रहेछन् विकास कहाँबाट हुन्थ्यो ?’’ टीकापुर नगरपालिका मा आर्थिक दुरुपयोग भएको महालेखाको प्रतिवेदनले प्रष्ट देखाएको छ , प्रतिवेदन आम सचेत नागरिकले अध्ययन गरेर विकास बजेट लुट्नेका बिरुद्ध आवाज उठाउन जरुरी छ ।’’ अधिकारीले भन्नुभयो । उहाँले नगरपालिकाको बारेमा तै चुप मै चुप हुनु भनेको हाम्रो समाज का अगुवा भ्रष्ट छन् भनेर बुझ्न सकिन्छ भन्नुभयो ।
व्यतिथीका बिरुद्ध नबोल्ने राजनीतिक दल र सामाजिक अगुवा के का बारेमा बोल्ने हुन् नागरिकले प्रश्न गर्ने बेला आएको छ ।