सम्पादकीय
नेपाली कांग्रेसमा गाउँबाटै सुधारको आवश्यक छ । कृयाशिल सदस्यता लिएका कार्यकर्ताहरुले आफ्नो आचरण समयमै नसुधार्ने हो भने प्रजातन्त्र संकटमा पर्ने निश्चित छ । कांग्रेसकै कारण प्रजातन्त्र बच्ने हो । कांग्रेस बिना प्रजातन्त्र सम्भव छैन तर पछिल्लो समय कांग्रेसका नेताहरुले देखाएको व्यबहारले आम नागरिक दुखि छन् । गाउँदेखि नै कांग्रेसका कार्यकर्ताहरुले जनभावना बुझेर काम गर्न जरुरी छ । नेपालमा कांग्रेसको विकल्प छैन । कांग्रेसको भूमिका अहम छ तर गणतन्त्र आएपछि नेपाली कांग्रेसमा बिकृती बढ्दै गएको छ । अवसरवादीहरुको भिड बढ्दै गएको छ । कृयाशिल सदस्यता ८ लाख पुग्यो त भनियो तर गुर्णात्मक सदस्यको पहिचान भएन । गुर्णात्मक पहिचान हराउँदै जानु र स्वार्थीहरुको भिड बढ्दै जानुको एउटै कारण हो नेताहरुमा चरम गुटबन्दी । गुटबन्दीकै कारण राम्रा नेता र कार्यकर्ता पाखा लाग्दै गएको अवस्था छ । पार्टीमा भ्रष्टहरुको समूहले इमान्दार र निष्ठावानलाई घेराबन्दी गरिरहेका छन् । अवसर पाएकाहरुले देश र पार्टीका लागि सकारात्मक हुन जरुरी छ । बद्नाम भएकाहरुले कांग्रेसलाई जीवन दिन पनि सक्दैनन् । तसर्थ इमान्दार नेता तथा कार्यकर्ता एक भएर अघि बढ्न जरुरी छ । लोभीपापी र लगानी नभएका कार्यकर्ताहरु समस्याका रुपमा छन् । लोभीपाीलाई राम्रो नराम्रोसंग केही लेनादेना छैन उनीहरुलाई केवल आफ्नो स्वार्थ पूरा हुनुपर्छ भन्ने मानसिकता पालेका हुन्छन् । कांग्रेसमा सुधार आउन लोभिपापी र भ्रष्ठटहरु पाखा लाग्न जरुरी छ । ८ लाख कृयाशिल सदस्यहरुले पार्टीमा शुद्धिकरण गर्ने हो भने पार्टीमा सुधार हुन धेरै समय लाग्दैन । देश र जनताका लागि काम गर्नुपर्छ भन्ने सोच बलियो बनाउन जरुरी छ । पार्टीमा लागेर के पाए भन्दै एकअर्कालाई धारे हात लगाएर गणतन्त्र बलियो हुन सक्दैन ।