सम्पादकीय
नेपाली समाजमा समाजसेवा फेसन भएको छ । कसैलाई सहयोग गर्न र समाजमा समस्या परेकाबेला काम गर्नेहरुको अभाव हुदैन । बेरोजगारहरुको भिड छ । बेरोजगार युवाहरुको सपना समाजसेवा गर्नु रहेको छ । समाजसेवा गर्छु राम्रो हो । समाजसेवा गर्नेहरुको अलग्गै सम्मान हुन्छ तर नेपालमा ठीक उल्टो छ । नेपाली समाजमा पछिल्लो समय समाजसेवी भनेपछि आम मान्छेले घृणा गर्ने गरेका छन् । समाजसेवाका नाममा करबाट आएको बजेट कसरी हातपार्न सकिन्छ भन्नेमा धेरैको ध्यान केन्द्रित भएको पाइन्छ । बेरोजगार हुने र मौका पायो की लुट्न थालिहाल्छन् । यसरी लुट्ने क्रममा आपसमा द्वन्द हुनु स्वभाविकै हो । सबै युवाहरु लुट्नुपर्छ भन्नेमा हुँदैनन् । इमान्दार भएर समाजसेवा गरौं भन्ने यवाहरु पनि छन् । नेपाली समाजमा भ्रष्टहरुको रजगज भएपछि समुदायमा अबिश्वास बढ्न थालेको कुरा मनन् गरेको पाइदैन । बद्नाम पात्रहरुकै कारण समुदाय स्तरमा अबिश्वास बढ्न थालेको देखिन्छ । यसरी अबिश्वास बढ्दै जाँदा विकासका सवालमा पनि समस्या हुन थालेको छ । विकास बजेट खाएर समाजसेवी भन्न रुचाउनेहरु हाबी भएपछि नागरिक निरास छन् । यस्तो प्रबृत्ति बढ्दै गएपछि काम गरेर खानुपर्छ भन्ने सोच पालेका युवाहरु बिदेश जाने हतारमा छन् । तसर्थ नागरिक सचेत हुन जरुरी छ । गलत मान्छेलाई समाजसेवीका नाममा समाजमा स्थापित गर्ने प्रचलन हटाउनुपर्छ । सामाजिक बहिस्कार गर्नुपर्ने मान्छेलाई सामाजिक नेतृत्व दिदै गयौं भने समस्या बल्झिदै जाने निश्चित हो । बेरोजगार भएर समाजसेवा गर्नेहरुको आम्दानीको स्रोत के हो? बिना पैसा गरिने समाजसेवा कसतो होला ? आफ्नो जीवन निर्बाहा गर्न गाहे छ अनी अर्काको समस्या र समाजको समस्या समाधान गर्छु भनेर अघि आउछ भने त्यस्ताको गतिबिधि नियाल्न जरुरी छ ।