सम्पादकीय
पछिल्लो समय मोटरसाइकल र तयारी पोसाकको व्यापार खासै छैन । त्यस बाहेक अन्यको व्यापार व्यबसाय छैन । एकताका टीकापुरमा आधा दर्जन मोटरसाइकल सोरुम थिए । सबैले राम्रो व्यापार गर्दै आएका थिए । यसरी भइरहेको व्यापार यतिखेर चौपट भएको छ । यतिखेर मोटराइकल खरिद गर्नेहरुको संख्या अति न्यून छ । खरिद अति न्यून भएपछि केही सोरुम बन्द भएका छन् भने भएकाले पनि जेनतेन गुजरा गर्दै आएको गुनासो गर्ने गरेका छन् । यहीबाट देशको अवस्था बmुभ्न सकिन्छ । देशको अर्थतन्त्रको अवस्था बुझ्न अर्थसास्त्रको बिद्यार्थी हुनु पर्दैन । यही सोरुमबाट देशको अर्थतन्त्र सहज रुपमा बुझ्न सकिन्छ । यही अवस्था अन्य व्यबसायको पनि छ । क्याम्पसमा युवा घटेका छन् । युवाहरु १२ पास गरेपछि बिदेश जाने भएपछि नेपालका क्याम्पसमा कसले पढ्ने ? एकातिर अधिकारको कुरा गर्नेहरु सत्तामा र प्रतिपक्षमा छन् अर्काे तर्फ युवाहरु कोरिया गएर जीवन निर्बाहा सहज होला भनेर कस्सिएका छन् । मलेसीयामा काम गरिरहेका युवाहरुको पीडा कस्तो होला ? ८० लाख रुपैया खर्च गरेर त्यो पनि गैर कानूनी तरिकाले अमेरिका गएका युवाले रोजगारी गर्दा अनाहकमा मारिनु परेको छ । नेपाली युवाहरु बिदेश गएपछि ठूलो सास्ती बेहार्नु परेको कुरा सबैलाई थाहा छ । युवाहरु कोरिया जानका लागि भाषा परिक्षाका लागि फारमभर्दा गणतन्त्रको याद गर्छ्न की गर्दैनन् भनेर अधिकारका लागि लडेका नेताहरुले सोच्छन् की साच्दैनन् भन्ने हो । कोरियाले सन २०२४ मा नेपालबाट करिब १६ हजार कामदार लैजाने भनेको छ । अहिले कोरिया भनेपछि युवाहरु मरिहत्ते गर्छन् । पढेका युवाहरु हुन् या अन्य तहका कर्मचारी पनि कोरिया जान पाए हुन्थ्यो भन्नेमा छन् । एक पटक गएपछि धेरै राहत हुन्छ भन्ने बुझेका युवाहरु कोरिया पहिलो गन्तव्य भएको छ । बिदेश गएर आफ्नो भविष्य निर्माण गर्नुपर्ने अवस्था छ । यसरी अर्काको भूमिमा गएर ल्याएको पैसा बिभिन्न करका बाहानामा राज्यले लुट्ने गरेको छ । युवाहरु बिदेश नगएको भए देशमै रोजगारी बढ्ने थियो । देशमा व्यापार व्यबसाय पनि बढ्ने थियो । उपभोग गर्ने जनसंख्या घट्दै जाने हो भने मोटरसाइकल को चढ्ने हो ? तयारी पोसाक कसले लगाउने हो ? राज्यले यस्ता बिषयमा ध्यान दिन जरुरी छ ।