स्वार्थका लागि जे पनि गर्न तयार

सम्पादकीय
साना दलको झिझोले कांग्रेस एमाले गठबन्धन भयो भनेर तर्क गर्नेहरु पनि छन् । सानादलले ठूला दल मिल्दैनन् भन्ने तर्क गरिरहे । साना दलले पनि हुने नहुने माग राखिरहे । विकासमा भन्दा आफुमा केन्द्रित साना राजनीतिक दलको व्यबहारबाट जनतापनि दिक्क भएका छन् । जातीय र क्षेत्रीय भोट पाएर जितेका साना दलले पार्टीलाई व्यबस्थित गर्न सकेनन् । पार्टीमा द्वन्द्व व्यबस्थापन गर्न नसक्दा ठूला पार्टीलाई साना पार्टीको आन्तरिक समस्या समाधान गर्नमा समय खर्च भयो । जसरी पनि सत्ता चाहिने तर राजनीतिक संस्कार कही पनि देखाएनन् । साना दलमा देखिएको अराजकतालाई हेर्ने हो भने स्थिर सरकारका लागि दुई ठूला दल मिल्नु राम्रो पक्ष हो । देश र जनताको पक्षको काम हुने हो भने यो गठबन्धन देशको हितमा छ । ३२ सिट भएका माओवादी सधै सत्तामा बसे तर जनभावना अनुसार काम गर्ने सामथ्र्य देखाएनन् । सत्ता भन्दा बाहिर भएपछि अब जनतामाझ जान्छौ भन्न लागेका छन् । जनतामाझ जाने भएपछि के भनेर जनतालाई ठग्ने भन्ने समस्या छ । राजनीतिमा जे पनि गर्न तयार हुने संस्कार बढ्दै गएपछि यतिखेर नेपालको राजनीतिलाई फोहरी खेल भन्ने गरिएको छ । बर्तमान गठबन्धनलाई बलियो बनाएर देशको हितमा काम गरे जनताले सहना गर्ने थिए तर त्यति धेरै आशा गर्ने ठाउँ छैन । कांग्रेस एमालेका धेरै नेताहरु बद्नाम छन् । दुबै पार्टीमा अराजकहरुको भिड छ । यस्तो अराजकहरुको घेराबन्दीमा नेतृत्व परेको छ । अराजक र स्वार्थीको घेराबन्दीमा परेको नेतृत्वले देश र जनताका पक्षमा भन्दा व्यक्तिलाई खुसी पार्ने योजना ल्याउछन् । व्यक्ति खुसी पार्न लाग्ने हो भने देशको हित हुने कुरै भएन । देशको हितमा काम हुनका लागि नेतृत्व कठोर भएर काम गर्नुपर्छ । भ्रष्टहरुलाई जोगाउन र भ्रष्टहरुको सुबिधा बढाउनका लागि सरकारमा बसेकाहरुले काम गर्ने हो भने देशले भोग्ने नियती के हुन्छ सबैलाई थाहा छ ? हरेक गठबन्धन भए तर जनताको पक्षमा कुनै गठबन्धनले राम्रो काम ग¥यो भनेर जनता खुसी भएको अवस्था छैन । स्वार्थमा लिप्त नेताहरुमा हामीले जे गरेपनि जनता चुप लाग्नुपर्छ भन्ने मानसिकता बस्दै आएको छ । जनभावना कुल्चेर हिड्न धेरैदिन सकिदैन । तसर्थ नेताहरुले आफ्नो सोच सुधार गर्न जरुरी छ ।