टीकापुर, ३२ साउन/टीकापुर नगरपालिकामा जलवायु उत्थानशील कार्यक्रम शुरु भएको छ ।
प्राक्टिकल एक्सन र भेरी वातावरणीय विशिष्टता समूह ९बी गुप्र० को साझेदारीमा सन् २०२४ देखि २०२७ सम्म यो परियोजनाले काम गर्नेछ । परियोजना जेड जुरीक फाउन्डेशन र स्वीस रि फाउण्डेशनको सहयोग मा सञ्चालन भएको हो ।
परियोजनाले वडा नं। ५,६,७,८ र ९ का ५ समुदायमा काम गर्नेछ । परियोजनाले वडा नं। ५ को दक्षिण शाहीपुर,६ को भर्तापुर, ७ को बैदी, ८ को श्रीलंका र ९ को पायलगाउँमा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
कार्यक्रममा प्राक्टिकल एक्सन का बरिष्ठ परियोजना अधिकृत रमेश गौतमले नेपालमा ४ वर्ष बाढी र तातो लहरलाई प्राथमिकता दिएर परियोजनाले काम गर्ने जानकारी दिनुभयो । उहाँले विश्वब्यापी रुपमा जलवायु परिवर्तनले असर गरिरहेकाले बाढी मात्र नभइ तातो हावाको असर कम गर्न काम थालिएको बताउनुभयो ।
प्राक्टिकल एक्सनका बरिष्ठ परियोजना अधिकृत चक्रबहादुर बमले यसअघि बाढी बिमामा कर्णाली नदीलाई मात्र मापन गरी गरिरहेकोमा यस वर्षबाट पथरैया नदीलाई पनि मापन गरी बाढी बिमा सुविधा शुरु गरिएको बताउनुभयो । उहाँले २ करोड ७९ लाख ८३ हजार बजेट रहेको जलवायु उत्थानशील परियोजनाले टीकापुरमा यस वर्ष २३ लाख ४३ हजार खर्च गर्ने जानकारी दिनुभयो ।

बमले प्रभावित समुदायमा बाढी र लु को असर कम गर्दै नकारात्मक प्रभाव कम गर्ने उद्देश्यका साथ परियोजना शुरु गरिएको जानकारी दिनुभयो । जलवायु मैत्री, सुसुचित विकास तथा बाढी र लु को उत्थानशीलता का क्षेत्रमा आर्थिक पूँजी र स्रोत बढाउन सघाउनेछ ।
परियोजनाले मानव पूँजी विकास, सामाजिक पूँजी, वित्तीय पूँजी विकास, विपद् प्रतिकार्य क्षमता विकास, सामुदायिक अनुकूलनका कार्य, सार्वजनिक र प्राकृतिक सम्पत्तिको
संरक्षणका साथै स्थानीय सरकारसँग सहकार्य, क्षमता विकास नीति निर्माणमा सहयोग जस्ता कार्य बताएको छ ।
नगर प्रमुख रामलाल डगौरा थारुले कार्यक्रम सञ्चालनका लागि छनोट भएका टोल जोखिममा रहेका टोल भएका बताउँदै यसमा राम्रो काम गर्न सुझाव दिनुभयो ।
कार्यक्रम अञ्जु चौधरीले सञ्चालन गर्नुभएको थियो । बी गुप्रका परियोजना अधिकृत जनकराम चौधरीले बी गुप्रले गरिरहेका कार्यबारे जानकारी दिनुभएको थियो ।
कार्यक्रममा बी गुप्रका उपाध्यक्ष निरा खनालले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दमनसिँह चौधरी, विभिन्न वडाका वडाध्यक्षहरुले परियोजनाका कामबारे जिज्ञासा राख्नुभएको थियो ।