एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ वार्षिक साधारण सभा सम्पन्न

टीकापुर,११ कार्तिक/सुदुर पश्चिम सरकारका प्रदेश सभा सदस्य ललिता सुनारले एकता बचत तथा ऋण सहकारी संस्थाका सम्पुर्ण गतिविधी उत्कृष्ट रहेकोले संस्था गतिशिल रुपमा अगाडी बढेको प्रति खुसी लागेको बताउनु भयो ।
एकता बचत तथा ऋण सहकारी संस्था लि। टीकापुरको १२ औं वार्षिक साधारण सभामा बोल्दै सो कुरा बताउनु भएको हो ।
उहांले सहकारीले सदस्यलाई ऋण लगानी गर्दा आवश्यकता र योजनाका आधारमा लगानी गर्न सुझाव दिदै प्रदेश सरकारबाट सहकारीले स्वरोजगार कार्यक्रमका लागी वजेट प्राप्त गरेको र पुनः थप वजेटका लागी आफुले पहल गर्ने बताउनु भयो ।


कार्यक्रमका विशिष्ट अतिथि टीकापुर नगरपालिका सहकारी शाखा प्रमुख रञ्जुले सहकारीले कुनै पनि योजना ल्याउन वृहत छलफल गर्नु पर्ने र शहकारीमा सुशासन कायम गर्न आफै सक्षम हुनु पर्नेमा जोड दिुनभयो ।
सहकारीले यस वर्ष शेयर सदस्यहरुलाई ५ प्रतिशत लाभान्स वितरण गर्दैछ । कार्यक्रममा सहकारी संस्थाको प्रगति प्रतिवेदन अध्यक्ष झपट बहादुर बुढाले प्रस्तुत गर्नुभएको थियो ।
सहकारीले आर्थिक वर्ष २०८०/०८१ मा ७लाख २० हजार ८ सय ९३ रुपैया नाफा कमाउन सफल भएको छ ।
गत आर्थिक वर्षमा सहकारीले १सय४२ जनालाई १ करोड ७० लाख ४४ हजार ५ सय ६९ रुपैयाँ लगानी गरेको छ । सहकारी टीकापुरमा विविध क्षेत्रमा सहयोग पर्याउने ४ जनालाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा योग साधनाको क्षेत्रमा सहयोग पर्याए बाफत जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक छविलाल जैसी, उन्नत बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक कमल बहादुर ठकुल्ला,रविन्द्र विष्ट,देवसरा ऐर लगायतलाई सम्मान गरेको हो ।
यसै गरी असल बचत कर्ता माया देवि चौधरी र असल ऋणी छविलाल ठकुल्लालाई पनि सम्मान गरेको छ । शेयर सदस्य का छोराछोरी मध्ये एसइईमा उत्कृष्ट अंक ल्याउने सपना बुढा र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने प्रतिक साउदलाई प्रशंसा पत्र सहित नगद सम्मानगरेको हो । त्यस्तै सहकारीले ७० वर्ष उमेर पुगेको सहकारीका १९ जना शेयर सदस्यहरुलाईकम्बल वितरण गरेको छ ।