टीकापुरका कुरा ठूला आधारभुत कुरामा ध्यान गएन

सम्पादकीय
टीकापुरको विकासमा मिलेर काम गर्नुभन्दा मैले गरे भन्दै श्रेय लिन अस्वस्थ प्रतिस्प्रधा बढी भयो । ठूला योजनाका कुरा भए तर भएका कुरा र आधारभुत कुरामा ध्यान गएको पाइदैन । पञ्चायतकालमा स्थापना भएको क्वारेन्टाईन ल्याउन सकेका छैनौँ । सुन्दर नगर भन्छौ फोहर व्यबस्थापन गर्ने ठाउँ छनौट गर्न सकेका छैनौँ । अघिल्लो मेयरको कार्यकालमा फोहर व्यबस्थापनका लागि छुट्याएको बजेट फ्रिज भयो । अहिलेको कार्यकाल पनि आधा बित्न थालिसक्यो तर फोहर व्यबस्थाको टुगाें छैन । टीकापुरको फोहर जथाभावी व्यबस्थापन गर्ने गरिएको छ । अस्पताल जस्तो सम्बेदनशिल ठाउँको नजिक बजारमा संकलन भएको फोहर गाड्ने र जलाउने गरिएको छ । यसरी जलाउँदा अस्पताल क्षेत्र पूरै दुर्गन्धित हुने गरेको छ । बिहानपख दुर्घन्धले अस्पताल क्षेत्रमा हिंड्डुल गर्न गाहे हुन्छ । फोहर व्यबस्थापन टीकापुरको आधारभुत आवश्यक्ता हो । आधारभुत आवश्यक्ताका कुरामा एकता गरेर समाधान गर्नुको साटो कसैले चासो दिएको पाइँदैन । जनप्रतिनीधिले मागेको सहयोग गरेर राजनीतिक दलले फोहर व्यबस्थापन गर्ने स्थल छनौट गर्नुपर्छ । अहिले फोहर व्यबस्थापन गाहे छैन । कुहिने र नकुहिने फोहर अलग अलग गरेर छुट्याउने अनी कुहिनेलाइ मलमा प्रयोग गर्ने र नकुहिनेलाई बिक्री गर्न सकिन्छ । फोहर अलग गर्ने ठाउँ भए फोहर व्यबस्थापनमा सहज हुन्छ भनेर बुझाउन पनि दबाब चाहिने भयो । फोहर व्यबस्थापनमा सामूहिक चासो देखाउन नसक्ने तर सपना देख्नेका नाममा ठूला कुरा गर्नेहरुको संख्या कम छैन । विकासका कुरा गर्दा आफ्नो ठाउँको आवश्यक्ता पहिचान नगर्ने राजनीतिक दलहरुले जो आए पनि ५ बर्ष समय बिताउँछन् जान्छन् । तसर्थ टीकापुर नगरपालिकाले यथासिघ्र फोहर व्यबस्थापन मा ध्यान दिन जरुरी छ । बजारबाट निस्केको फोहर व्यबस्थापन गाहे छ अनी कुरा आदर्शका गरेर जनता ठग्ने काम बन्द गर्नुपर्छ । केही ठालूले जे भनेपनि पत्याइदिनुपर्ने भन्ने सोच गलत हो । बोल्नका लागि बोल्नेहरुको संख्या धेरै छ तसर्थ जनता सचेत हुन जरुरी छ । जनताले पनि फोहर व्यबस्थापनमा चासो देखाउन जरुरी छ ।