टीकापुर, ५ फागुन/सुदुरपश्चिम विश्वविद्यालयका आंगिक क्यापस टीकापुर बहुमुखी क्याम्पस मा स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको टीएमसी टी टेन क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।
दश ओभरको खेलमा खड्ग मेमोरियल सेकेन्डरी स्कुलले सुरुवाती व्यटिङग गर्दा ७७ रनको लक्ष्य प्रस्तुत गर्दा न्यूलाईट बोर्डिङ स्कुलले खेल अवधिभारी जम्मा ५७ रन मात्रै बनाउन सकेको होे ।

प्रत्योगितामा प्रथम हुने खड्ग मेमोरियल सेकेन्डरी स्कुलले नगद ४१ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्रप्ता गरेको छ भने दोस्रो हुने न्यूलाईट बोर्डिङ स्कुलले नगद २६ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्रप्ता गरेको छ ।
प्रत्योगितामा न्यूलाईट बोर्डिङ स्कुलका विद्यार्थी म्यान अफ द टुड मेन हैदर अलि अन्सारीले नगद ५ हजार, गुञ्जन शाह वेष्ट बलरर टुड मेन नगद ३ हजार र आरएमई स्कुलका रोशन साउँद वेष्टले अफ द टुड मेन ३ हजार पाउनुभएको छ ।

कार्यक्रममा सुदुरपश्चिम विश्वविद्यालयका कृषि विज्ञान संकायप्रमुख विष्णु विलास अधिकारीले क्रिकेट प्रतियोगिताले गर्दा विद्यार्थीहरुले आफ्ना कला कौसल देखाउन अवसर मिलेको र टिममा योजना बनाएर कामगर्दा मात्र सफाल हुन सकिन्छ भन्ने शिक्षा मिलेको बताउनुभयो ।
टीकापुर बहुमुखी क्याम्पसका प्रमुख ढबिन्द्र रावलले पछिल्लो समयमा अनुशान खेल क्षेत्रमा मात्रै रहेकोले खेलले विद्यार्थीहरुलाई अझैं अनुशासीत बनाउने काम गरेको बताउनुभयो । उहाँले प्रत्योगिता सम्पन्न गर्नमा सहायोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । अगामी दिनमा प्रत्योगितालाई निरन्तरता दिने बताउनुभयो ।