नेपाल दलित जनउथ्थान समाज केन्द्रिय कार्यालय टीकापुरको छैटौं चुनावी साधारण सम्पन्न

टीकापुर,२४ फागुन/नेपाल दलित जनउथ्थान समाज केन्द्रिय कार्यालय टीकापुरको छैटौं चुनावी साधारण सभालाई सम्बोधन गर्दैै सुदुरपश्चिम प्रदेश सभा सदस्य ललिता सुनारले संस्थाको विकास र उन्नतीका लागी सबैले हातेमालो गर्नु पर्ने बताउनुभएको छ । उहांले दलित जनउथ्थान समाजको होस्टेल निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएका छ ।
त्यस्तै पूर्व प्रदेश सभा सदस्य उमा देवि बादीले वर्तमान कार्यसमितिले धेरै प्रगति गर्न नसकेता पनि संस्थाको सास जोगाईदिएको प्रति धन्यवाद दिनु भयो ।
यस्तै भूमि समस्या सामाधान आयोग कैलाली सदस्य दानबहादुर विक चित्रणले दलित समुदाय माथी रहेको जातिय विभेदको अन्त्यका लागी सबै भन्दा पहिले समाजिक र सांस्कृतिक अन्तरघुलन आवश्यक रहेमा जोड दिनु भयो ।


कार्यक्रममा टीकापुर नगरपालिका वडा न. १ का वडा अध्यक्ष मोहन विकले कुनै पनि संस्थालाई गतिशिलता प्रदान गर्न एउटै उदेश्यका साथ अगाढी बढ्नु पर्छ । टीकापुरका सवालमा दलित व्यवसायिसंग सम्बन्धीत विभिन्न संघ संगठनको समन्वयमा गई जाने हो भने राम्रो विकास हुन सक्ने सुझाव दिनु भएको छ ।
समाजका अध्यक्ष सचिनसिंह विकको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य दिपक निशानी,समाजका निवर्तमान अध्यक्ष बलबहादुर विक,लोकबहादुर नेपाली,नन्दबहादुर विक, पत्रकार पुर्ण विक,प्रेम विक चट्टान लगायतले बोल्नु भएको थियो ।