माटोको ढिस्कोले पुरिँदा एकैघरका दुई जनाको मृत्यु

अछाम,२६ फागुन/माटोको ढिस्कोले पुरिँदा मंगलसेन नगरपालिका९८ सुतुडाका दुई जना महिलाको मृत्यु भएको छ ।

वडा नम्बर ९ पान्लिभिडमा चैतेदसैंका लागि घर लिपपोत गर्नका लागि माटो ल्याउन गएका एकाघरका २७ वर्षीया जेठानी देउरुपा बोहरा र २३ वर्षीया देउरानी बिनिता बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए ।

डीएसपी भण्डारीका अनुसार उनीहरू दिउँसो माटो खन्ने क्रममा ढिस्को खसेर पुरिएका हुन् ।