टीकापुर, २९ फागुन/टीकापुरमा बुधबार १७ पिन्ट रगत संकलन भएको छ । टीकापुर बहुमुखी क्याम्पस पूर्व विद्यार्थी समाजले टीकापुर बहुमुखी क्याम्पसमा आयोजना गरेको रक्तदान कार्यक्रममा १७ पिन्ट रगत संकलन भएको हो ।
टीकापुर बहुमुखी क्यापसका प्राध्यापक, विद्यार्थी तथा पूर्व विद्यार्थी समाजका पदाधकारीहरु ले रक्तदान गर्नु भएको हो । नेपाल रेडक्रस सोसाइटी टीकापुर शाखाको प्राविधक सहयोग र टीकापुर बहुमुखी क्याम्पस, स्कुल अफ एग्रीकल्चर, युवा रेडक्रस सर्कल, स्वतन्त्र विद्यार्थी युनियन, विद्यार्थी गुणस्तर समुह, मनिटर समुहको समन्वयमा रक्तदान गरिएको हो ।

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै टीकापुर बहुमुखी क्याम्पसका प्रमुख सहप्राध्यापक ढविन्द्र बहादुर रावलले स्वस्थ व्यक्तिले रक्तदान गर्दा अन्य व्यक्तिको जिवन बच्ने भएकाले विद्यार्थीहरुलाई रक्तदान मा सरिक हुन आग्रह गर्दै क्याम्पस बाट २६ पटकसम्म रक्तदान गर्ने चुडामणी बैद्यलाई धन्यावद समेत दिनुभयो ।
नेपाल रेडक्रस सोसाईटी टीकापुर शाखाका सभापति दत्त बहादुर विष्टले मानिसको शरिरबाट ३÷३ महिनामा रगत आफै खेर जाने भएकाले रक्तदान गरेपछि अन्य व्यक्तिलाई बचाउन सहयोग पुग्ने भन्दै रक्तदानमा सहयोग गर्न आग्रह गर्नुभयो ।
पूर्व विद्यार्थी समाजकी अध्यक्ष ज्योति विश्वकर्माले रक्तदान कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै जिवनमा गरिने सबै दान भन्दा महत्वपूर्ण दान रक्तदान भएको र पूर्व विद्यार्थी समाजका कार्यक्रममा सहयोग गर्न आग्रह
गर्नुभयो ।
पूर्व विद्यार्थी समाजका सचिव धु्रवबहादुर रावलले सञ्चालन गर्नु भएको कार्यक्रममा स्वागत उपाध्यक्ष ईश्वर साउँदले गर्नुभएको थियो ।