टीकापुर, २१ चैत्र/सामुदायिक रेडियो टीकापुर एफएमका कार्यक्रम संयोजक ईश्वर साउँद रेडियो नेपालबाट पुरस्कृत हुनुभएको छ ।

रेडियो नेपालका कैलाली संवाददाताका रुपमा कार्यरत साउँद रेडियो नेपालको ७५ औं वार्षिकोत्सव तथा हिरक महोत्सव का अवसरमा काठमाण्डौ मा १० हजार नगद, प्रसंशापत्र सहित पुरस्कृत हुनुभएको हो । साउँदले विकास, सुशासन, कृषि र जलवायु परिवर्तन तथा बालबालिकाका क्षेत्रमा कलम चलाउँदै आउनुभएको छ ।