टीकापुर, ९ बैशाख/प्रहरीले दुःख दिएको भन्दै टीकापुरका मासु व्यवसायीहरु आन्दोलित भएका छन । उनीहरुले सोमबारबाट व्यवसाय बन्द गरेका छन् । उनीहरुले प्रहरीले बेलाबेला मा दुःख दिने गरेको आरोप लगाएका छन । प्रहरीले आइतबार एक व्यवसायीले गाउँबाट खरिद गरेर ल्याएको दुईवटा खसी पक्राउ गरेर भन्सार कार्यालय बुझाएको छ ।
व्यवसायी कलिम कुरेसीले जोशीपुर गाउँपालिका लक्कड बाट खरिद गरेर ल्याउँदै गरेको खसी प्रहरीले टीकापुर नगरपालिका वाणीस्थित पुलबाट पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय टीकापुरको घुमुवा टोलीले खसी पक्राउ गरेको बताईएको छ ।

भारतबाट ल्याएको आरोप लगाउँदै पक्राउ गरेका खसी इलाका प्रहरी कार्यालय टीकापुरले सत्ती भन्सार कार्यालयमा बुझाइएको थियो । भन्सार कार्यालयले आइतबारै लिलाम गरेको छ । मासु व्यवसायीले आफंै लिलाम बोलेर खसी र मोटरसाइकल लिलाम सकारे वाफत ५० हजार रुपैयाँ तिरेको बताएका छन् । व्यवसायीका छोरा अलताफ कुरेसीले ४२ हजार ५ सय रुपैयाँमा खरिद गरि ल्याएका खसी बिक्रेता उपस्थित गराउँदा पनि जरिवाना तिर्नु परेको गुनासो गर्नुभयो ।
मासु व्यवसायीले प्रमाण स्वरुप खसी बेच्ने व्यक्तिलाई समेत इलाका प्रहरी कार्यालय टीकापुर र भन्सार कार्यालयमा समेत उपस्थित गराएका थिए । उनले प्रहरी सामु आफैले बेचेको भनेका पनि थिए । उनीसँगै छिमेकी समेत रहेका गाउँका बडघर समेत थिए । उनले समेत आफ्नै सामुन्ने खसी खरिद बिक्री भएको बताएका थिए ।
मासु व्यवसायीले प्रहरीलाई सत्यतथ्य बुझेर मात्रै भन्सार बुझाउन आग्रह गरेका थिए । प्रहरीले उनीहरुको आग्रहलाई वेवास्ता गरेको उनीहरुको रहिस कुरेसीको आरोप छ । टीकापुरमा करिव २ दर्जन मासु व्यवसायी छन् । एक महिना लागे पनि न्याय नभएसम्म मासु बिक्री नगर्ने उहाँको गुनासो छ । नजिर अहमत कुरेसी स्थानीय खसी किनेर बेच्ने गरेका व्यवसायी लाई दुख दिन नपाइने बताउनु हुन्छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख नविनराजा बुढाथोकीले खसी बोकेर ल्याउने व्यक्तिसँग कुनै कागजात नभएका कारण पक्राउ गरिएको बताउनुभयो ।
प्रहरीले मासिक रुपमा मासु लिने गरेको कुरा बिगतमा पनि उठ्दै आएको हो । सत्यतथ्य प्रहरीले बुझेर भन्सार बुझाउनु पर्नेमा एकतर्फिमा रुपमा भन्सारलाई बुझाएर व्यवसायीलाई मर्कामा पारेको प्रष्ट छ ।
प्रहरीको यो ज्यादतीका बारेमा उद्योग बाणिज्य सघको बिज्ञप्ती आएको छैन । कहिले होटलमा गएर दुःख दिने कहिले खसी व्यबसायीलाई दुःख दिने प्रहरीका बारेमा स्थानीयले चासो देखाउन जरुरी छ ।
प्रहरीको बर्दि लगाए भन्दैमा जे पनि गर्न सक्छु भन्ने सोचले काम गर्दा मासु व्यबसायीको ५० हजार रुपैया क्षति भएको छ । यो क्षति भएको ५० हजार रुपैया कसले भपाई गर्छ रु निम्न बर्गका व्यबसायीलाई प्रहरीले बर्दिको आडमा गरेको यो व्यबहारलाई स्थानीयले समयमै ध्यान दिएनन् भने प्रहरीको अराजकता बढ्दै जाने निश्चित हो ।