टीकापुर , ९ बैशाख/टीकापुर १ ब्लक नम्बर १३ स्थित गणेश मन्दिरमा शनिबार देखि श्रीमद्भागवत सन्त समागम हरि कथा ९२०८२ मा स्थानीयले उत्साहा देखाएका छन् । उनीहरुले कथालाई व्यबस्थित गर्ने गरेका छन् भने सकेजतिको दान पनि गर्न थालेका छन् ।
ब्लक नम्बर १३ मा भइरहेको उक्त महायज्ञमा स्थानीय चन्द्रदेब जोशी शर्माले २५ हजार रुपैया दान गर्नुभएको छ । यसै गरी समाजसेवी तथा मन्दिर व्यबस्थापन समितिका अध्यक्ष पूर्ण प्रशाद रेग्मीले १५ हजार एक सय रुपैयाँ दान गर्नुभएको छ । जनक शाह र सरस्वति शाहले २० हजार रुपैया दान गर्नुभएको छ । आयोजकका कोषाध्यक्ष हरिराम चौधरीले ११ हजार ५ सय रुपैयाँ, हर्कजंग रावलले ६ हजार २ सय २५ रुपैया, गजेन्द्र भण्डारी ले ६ हजार एक सय, रामनारायण चौधरी र चन्द्रा चौधरीले ५ हजार एक सय ५५ रुपैया, युद्धबीर भण्डारीले ५ हजार रुपैयाँ, झजकराज उपाध्यायले ५ हजार रुपैयाँ र चन्द्र बहादुर रावलले ५ हजार एक सय ५५ रुपैयाँ दान गर्नुभएको आयोजकले जनाएको छ । । ६ गतेबाट शुरु भएको महायज्ञ १३ गतेसम्म सञ्चालन हुने छ ।

कार्यक्रममा कथावाचक तथा आचार्य कौशिक जी महाराजले प्रबचन दिइरहनु भएको छ । मन्दिरको विकास र धार्मिक जागरणका लागि मन्दिर परिषरमा सप्ताहब्यापी कथा वाचन हुन लागेको हो ।
कार्यक्रममा दानवीरहरुलाई सम्मान गर्ने कार्यक्रम राखिएको छ भने ब्रतबन्ध, तुलादान, भूमिदान, अन्नदान, बिशेष पूजा, ब्राह्मण भोजन मार्फत कार्यक्रम मा सहभागी हुने व्यबस्था मिलाइएको मन्दिरका अध्यक्ष पूर्णप्रसाद रेग्मीले बताउनुभयो । उहाँले महायज्ञमा स्थानीयको उत्साहाले आयोजक को मनोबल बढ्दै गएको बताउनु भयो । प्रत्येक बिहान ६ बजेदेखि योग कक्षा, शालिग्राम पूजन तथा परिक्रमा कार्यक्रम भइरहेकाछन् । बिहान ७ बजेदेखि पूजा आरती हुने गरेको छ । २ बजेदेखि ४ बजेसम्म झाँकी सहित कथा बाचन हुने गरेको छ । बाल बालिकाका ५ बजेदेखि ७ बजेसम्म कार्यक्रम र ७ बजेदेखि १० बजेसम्म प्रवचन तथा भजन कृतनका कार्यक्रम हुने गरेको छ । गणेश मन्दिरमा पहिलो पटक भइरहेको महायज्ञले स्थानीयले मन्दिरको स्तरोन्नती हुनेमा आशा गरेका छन् ।