टीकापुर, २ साउन/टीकापुर नगरपालिका वडा नं.१ ब्लक नं.१५/१६ मा रहेको शिव मन्दिरको स्तर उन्नतीका लागि बिहिबार देखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८२ शुरु भएको छ ।

श्री शिव मन्दिर श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८२ का संयोजक श्री झपटसिंह रावलको अध्यक्षतामा शुरु भएको काय्र्रक्रममा टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारु प्रमुख अतिथि रहनु भएको थियो । विशिष्ट अतिथिमा टीकापुर नगरपालिकाका पूर्व मेयर तपेन्द्र रावल, टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन लुहार (वि.क.) रहनुभएको थियो ।
महायज्ञको उद्घाटन गर्दै प्रमुख अतिथि रामलाल डगौरा थारु ले महायज्ञले धर्मको संरक्षण तथा ज्ञान प्राप्त हुने भएकोले यसको महत्व रहेको बताउनुभयो ।

उहाँले ब्लक नम्बर १६ मा रहेको शिव मन्दिरका लागि माग भए अनुसार माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि टीकापुर नगरपालिकाका पूर्व मेयर रावलले प्राण प्रतिष्ठा गरेका मूर्तिहरू रहेका मन्दिरहरू मा नित्य पुजा गरिनु पर्ने बताउनु भयो ।
उहाँले धार्मिक अनुष्ठानहरूले समाजलाई जोड्ने भएकाले यस्ता कार्यक्रमहरू भइरहनुपर्ने बताउनु भयो ।

अर्का विशिष्ट अतिथि रहनु भएका टीकापुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष मोहन लुहार (वि.क.) ले धार्मिक महायज्ञले जीवन उपयोगी र ज्ञान प्रदान गर्नुका साथै समाजलाई एक ठाउँमा ल्याएर विकासको साझा एजेन्डा बनाउन सहयोग गर्ने बताउनु भयो । उहाँले यस ब्लक नं.१५/१६ ले उठाएका मागहरु लाई सक्दो सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का पूर्व अध्यक्ष जालवादेवी सेवा समिति टीकापुरका अध्यक्ष गोविन्द बहादुर रावल, वीरेन्द्र विद्या मन्दिर स्कूल व्यवस्थापन समितिका सदस्य प्रकाश खड्का,शेरबहादुर बिष्ट लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

श्री वीरेन्द्र विद्या मन्दिर स्कूलका प्राचार्य फणेन्द्रराज रेग्मीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन देवानन्द रिमालले गर्नुभएको थियो । महायज्ञमा प्रमुख कथावाचक आचार्य कौशिक जी महाराजले गर्नुहुनेछ । महायज्ञको पहिलो दिन बिहान कलशयात्रा गरिएको थियो ।
महायज्ञमा विशेष श्रृंगारिक महाआरती एवं प्रत्येक दिन रुद्धाभिषेक गराईनुका साथै योग बिज्ञान शिबिर, श्रीमद्भागवत प्रायण, कथावाचन, भजन कृतन, बाल संस्कार कार्यक्रम पनिगराईनेछ ।
श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८२ को साउन ८ गते समापन हुने आयोजक का उपसंयोजक बालबहादुर बोहोरा ले जानकारी दिनुभयो ।