टीकापुरमा एक हप्ते एडभान्स फेसन डिजाइन तालिम सम्पन्न

टीकापुर, १७ साउन/नेपाल कपडा तथा सिलाई व्यवसाय सङ्घ र राष्ट्रिय महिला उद्यमी टीकापुर नगर समितिको आयोजनामा एक हप्ते एडभान्स फेसन डिजाइन तालिम सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागी प्रशिक्षार्थी बिना चौधरीले एक हप्तामा सहजै सिप सिक्ने अवसर पाएको मा खुसी लागेको बताउनुभयो । त्यसैगरी तालिमका अर्का सहभागी लक्ष्मी नेगीले सिकेको सिपलाई सदुपयोग गर्ने र स्थानीय बजारका ठाउँठाउँमा सीप फैलाउँदै जाने बताउनुभयो । उहाँले एक हप्ताभित्र डिजाइनका सीप सिक्न पाएकोमा खुसी लागेको बताउँदै पालिकाले पनि यस्तो खालको कार्यक्रमलाई सहयोग गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख यज्ञप्रसाद न्यौपाले विभिन्न सीप कला क्षमतालाई अगाडि बढाउने कार्यक्रमलाईे आफू सधैँ जनप्रतिनिधि नरहे पनि समाजको सचेत नागरिकको हैसियतले योजना बनाएर विभिन्न संघ संस्थाले पालिकामा पेश गरेमा सहयोग गर्ने बताउनुभयो । उहाँले बदलिएको परिवेशमा समय अनुसारको सीपलाई बदल्दै ग्राहक को सन्तुष्टिका लागि सिप आवश्यक रहेको र यसले मानिसको आयार्जनमा पनि सहयोग पुग्ने बताउनुभएको छ ।
कार्यक्रममा कार्यपालिका सदस्य तथा संघका जिल्ला सल्लाहकार रामबहादुर नागार्जी ले  आजको आवश्यकता फेसन डिजाइन रहेकाले ग्राहकलाई सन्तुष्टि पर्न नयाँ सिप सिक्न यहाँहरुको परम धर्म रहेको बताउनुभयो ।
उहाँले टीकापुर नगरपालिका बाट व्यावसायिक सुरु गरेर राष्ट्रिय प्रशिक्षक जस्तो स्थानमा पुग्नुभएकोमा राष्ट्रिय प्रशिक्षक यमुना रोकायालाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा प्रशिक्षक यमुना रोकायाले एक हप्तामा सहभागी लाई फरक फरक डिजाइनमा सिप सिकाउन आफूलाई चुनौती रहेता पनि सफलताका साथ काम सम्पन्न भएकोमा हृदयदेखि खुसी लागेको बताउनुभयो । उहाँले यो सिपका लागि २५ देखि ३० हजार र्खच गरेर काठमाण्डौं जानुपर्ने स्थितिमा स्थानीय स्तारमा सिप सिप सिक्नु अवसर भएको बताउनुभयो ।
महासङ्घ टीकापुरका अध्यक्ष प्रेम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय महिला उद्यमी प्रदेश संयोजक जानकी चौधरी, प्रदेश कोषाध्यक्ष कञ्चन चौधरी, जिल्ला संयोजक प्रतिक्षा चौधरी, लगायत ले बोल्नुभएको थियो ।
३१ जना महिला दिदीबहिनीहरू एक हप्ता सम्म एडभान्स फेसन डिजाइनका तालिममा लिएका छन् ।