बिचार
मीन बहादुर थापा “मिलन”
टीकापुर साना शहरी खानेपानी तथा सरसफाई संस्था टीकापुर कैलाली

को आगामी ३ वर्षे कार्यकाल का लागि यहि २०८२ साल श्रावण ३० गते चुनावी कार्यक्र
मको तय भएको छ चुनावी मैदानमा ४ प्यानल बाट विभिन्न
पदका लागि ३८ जना उम्मेदवारहरुले आफ्ना चुनावी एजेण्डा सहित चुनावी प्रचार प्रसार तथा भोट माग्ने कार्यलाई तिव्रताका साथ अगाडि बढाएका छन तर यो चुनावबाट विजय भएर आएको नेतृत्वले के आम जनता र उपभोक्ताका खानेपानी सम्बन्धि समस्या समाधान होलान रु के गत विगतमा भएका गल्ती कमी कमजोरीहरु सु
धार होलान रु अथवा नयाँ नेतृत्वले जनताका अपेक्षाहरु पुरा गर्लान रु अहिले आम जनताको चिन्ता र चासो बनेको विषय यहि हो तर चारवटा प्यालनबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरुले जनता प्रति कति जिम्मार भएर काम गर्लान भन्ने कुरा भविष्यले देखाउने नै छ ।
यसरी चुनावी मैदानमा उत्रिएका खेलाडिहरु मध्ये यसैले जनताको पक्षमा राम्रो काम गर्न सक्छ यसैलाई जिताउनु पर्छ भन्ने कुनै विश्स्त आधारहरु भने कसैमा देखिदैन खानेपानी जनताको प्रत्यक्ष जीवन र स्वास्थ्य संग जोडिएको विषय भएता पनि यसमा यस अधिका नेतृत्वले राम्रो काम नगरेको प्रष्ट्रै आधार र प्रमाण हरु हजुर हामी सामु छंर्लगै छ र तिनै नेतृत्वका अनुहार र केहि नया अनुहारहरु चुनावी मैदानमा भएता पनि आगामी नया आउने नेतृत्वले यस अघिका तमाम समस्याहरु समाधान गर्ला रु भन्ने आशा भरोसा र विश्वाश गरिहाल्ने वाताबरण चाहि नरहेको आम जनताको बुझाई रहेको छ । साथै यस अघि खानेपानी सुध्दताका लागि गरिएका प्रयास र जनताका जनगुनासो नै खानेपानीका लागि मुल एजेण्डा रहेको छ भने खानेपानीमा भएका र हुने गरेका आर्थिक अनियमितता अर्को मुल समस्या बनेको छ । भने अर्को तर्फ पदाधिकारीहरुले लिएको पेश्की वर्षौसम्म फर्छयोट हुन नसक्नु र पदाधिकारीहरुले नै पेश्की लिने गलत परम्पराको अन्तयका लागि कसैले पनि ठोस एजेण्डा ल्याउन नसक्नु पनि खानेपानी संस्थाका लागि दुर्भाग्यकै कुरा हो भन्दा अन्यथा नहोला ।
खानेपानी जस्तो संवेदनसिल विषयमा उठने गरेका यावत समस्या र सवालका विषयमा संस्था जिम्मेवार नरहेको ब्यापक जनगुनासोका विचमा यस चुनावबाट जनताले कसरी नेतृत्व छनौट गर्लान त्यो भने जनताकै हातमा छ तथापि खानेपानी संस्थाले अरु कुरालाई थाति राखेर भएपनि जनतालाई सुध्द खानेपानी दिनु नै उसको पहिलो प्राथमिकताको विषय हो तर जनताले चर्को मुल्य तिरेर पनि सुध्द खानेपानी पिउन नपाउनु या यो खानेपानी सस्थाले जनता लाई सुध्द खानेपानी उपलब्ध गराउन नसक्नु यो कमि कमजोरीको जनताले यतिवेला चिरफार गर्नैपर्छ चुनावका वेला मिठा आश्वासनहरु वाडेर जनताको स्वास्थयमाथि खेलवाड नगरियोस र गर्न पनि पाईदैन । निस्वार्थ भावनाले जनताको सेवा गर्ने उदेस्येका साथ नेतृत्वमा पुगेका ब्यक्तिहरुले सानातिना लोभ र लालचलाई त्यागेर दत्तचित्तका साथ सेवा गरेमा अहिलेका समस्याहरु समाधान नहोलान भनेर कल्पना गर्नु बेकार हो तर यतिबेला झुठा आश्वासन बाँडेर कुनै सवार्थ पुर्तिका लागि संस्थामा छिर्ने र संस्थामा गएर आर्थिक लाभ लिने ध्येयका साथ यदि हजुरहरु कोहि चुनावि मैदानमा उत्रिनु भएको छ वा आफुलाई संस्थामा गएर स्वतन्त्र भएर काम गर्न सम्दैन जस्तो लाग्छ भने पनि तपाईहरु यो मैदानबाट बाहिरिदा जनताका लागि भलाई नै हुनेछ जनताले न्युनतम तिरिरहेको रकम रु ५०। बाट अहिले १५०। तिर्दा समेत खानेपानीमा सुधार नहुनु या संस्थाको आर्थिक ब्ययभार ऋण नघटनु या संस्थाले खानेपानीका पुर्वाधार निर्माणमा सुधार गर्न नसक्नु जनताका लागि दुखको कुरा हो ।
जनताले खानेपानी नेतृत्वलाई विश्वास गर्न नसक्नु या खानेपानी संस्थाले जनतालाई विश्वास दिलाउन नसक्नु अर्को दुखको कुरा हो तर जनताले चर्को महसुल तिरेर पनि कहिले सम्म फोहर पानी पिईरहने यो नेतृत्वले समयमै बुझ्नुपर्ने विषय बनेको छ । खानेपानी संस्थामा प्रयाप्त जनशक्ति हुदाहुदै पनि या आवश्यकता भन्दा बढि जनशक्ति भएर पनि खानेपानीलाई किन ब्यवस्थित गर्न सकिएन रु हामीले चुनेर पठाएका ननेतृत्वहरु कहाँ चुके रु या कमि कमजरी कहा रह्यौ रु यतिवेला सानातिना कुराहरुलाई केलाएर सवल नेतृत्व छनौट गर्न सकिएन भने फेरी पनि हामीले अझै कहिलेसम्म हिलो लेदो मिसिएको दुषित पानी पिईरहनु पर्ने हो त्यसको कुनै लेखाजोखा नै छैन । खानेपानी संस्था हाम्रो सम्पति हो यो हाम्रो गौरव पनि हो तर जसरि हामिले गौरव गरेका छौ त्यसरि नै सुध्द खानेपानी पिउन पाएको दिन हामिले सुध्द खानेपानी पिउन पाएको पनि गौरव हुनेछ त्यसैले यतिबेला तपाई हामिले होस गुमाउने हैन पार्टि दल तेरो मेरो उ र हाम्रो हैन सवल सक्षम नेतृतव छनौट गरेर सक्षम नेतृत्व को सक्षम परिणाम लाई उपभोग गर्नका लागि तयारी गर्ने दिन आएको छ गाँउ र टोलमा छलफल गरौ को मानिस कस्तो हो रु कस्को ईतिहास कस्तो छ रु कसले के गरि आएको छ रु कुन मान्छे कुन पृष्टभुमिबाट आएको हो रु कसलाई आफ्नो अमुल्य मत दिदा मतको सहि सदुपयोग हुन्छ रु यी सबै कुराहरु केलाएर मात्रै मतको प्रयोग गरौ ताकि हाम्रो मतले जनताको अभिमत लिन सकोस र अन्तिममा नव निर्वाचित हुने समितिलाई मेरो छोटकरीमा सुझाव यस प्रकार छन ।
१ के गरेर हुन्छ जनताको प्रत्यक्ष जीवन र सवास्थ्य संग जोडिएको खानेपानीलाई सुध्द बनाउनु होला ।
२ पदाधिकारीलाई पेश्की दिने गलत परम्पराको अन्त्य गर्नुहोला ।
३ अन्य फजुल खर्च कटौति गरि ऋणको दायित्वलाई कम गर्दै जानुहोला ।
४ अरुको निर्देशनमा हैन आफु र आप्नो विवेक प्रयोग गरेर स्वतन्त्र भै सस्थाको हितमा मात्रै काम गर्नुहोला ।
५ संस्थाको सवारी साधनको दुरुपयोगलाई न्युनिकरण गर्दै जानुहोला ।
६ आफु र आफ्नो दल भन्दा माथि राखेर संस्थाको सर्वोपरि हित नै जनताको हित ठान्नु होला ।
७ संस्याको कार्यक्षेत्र हेरी आवश्यक जनशक्ति को मात्रै ब्यवस्थापन गर्नु होला ।
८ संस्थालाई ब्ययभार हुने गरि प्रतिफल विनाको लगानीलाई दुरुत्साहित गर्नुहोला ।
अन्त्यमा समय आउँछ जान्छ समयको गतिलाई कसैले रोक्न सक्दैन तर आज तपाईले सेवा गर्नका लागि पाएको समयमा सेवा नगरेर त्यसलाई बेवास्ता गर्नुभयो भने तपाई त यहि समाजमा रहनुहोला तर तपाईको त्यो समय रहदैन त्यसैले समयको सदुपयोग गरेर संस्था र जनातका लागि काम गर्ने पवित्रतालाई बोकेर जानुहुने सवैलाई जितको अग्रिम शुभकामना ।।