टीकापुर उद्योग वाणिज्य संघ निर्वाचन,कृष्ण प्रसाद बजगाई प्यानलको उम्मेदवारी घोषणा

टीकापुर, १७ भाद्र/टीकापुर उद्योग वाणिज्य सघको नयाँ नेतृत्व चयनका लागि यही भदौ २१ गते निर्वाचन हुने भएको छ । निर्वाचनको मिति तय भएसँगै यस क्षेत्रका व्यापारीहरु २ प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
संघका उद्योग तर्फका उपाध्यक्ष सन्तोष खड्का र वाणिज्य तर्फका उपाध्यक्ष कृष्णप्रसाद बजगाईं प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । सोमबार पत्रकार सम्मेलन गरी कृष्णप्रसाद बजगाईं प्यानलले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । बजगाई प्यानल को उपाध्यक्षमा उद्योगतर्फ दिपेन्द्र रावल, वाणिज्य तर्फ अर्जुन भट्टराईको उम्मेदवारी घोषणा गरिएको छ ।
महासचिवमा प्रकाश उपाध्याय तिमिल्सिना, सचिवमा प्रकाश शाह र कोषाध्यक्षमा टीका शाहीको उम्मेदवारी घोषणा गरिएको छ ।
सदस्यमा सर्पराज साउँद, दीपक साउँद, जनक रावल, प्रकाश बहादुर विश्कर्मा, आशिष जोशी, जनकबहादुर रावत, निर्मला विष्ट र हरी कुश्मीले उम्दवारी घोषणा गर्नुभएको छ ।
त्यसैगरी बजगाई प्यानलको महिला सदस्यमा इशरा कुमारी साउँद, जनजाति सदस्यमा दान बहादुर चौधरी र दलित सदस्य रमेश तिखातरीको उम्मेदवारी       रहेको छ ।
उम्मेदवारी घोषणा गर्दै अध्यक्ष पदका उम्मेदवार कृष्णप्रसाद बजगाईंले पछिल्ला केही वर्ष यता टीकापुर क्षेत्रको व्यापार व्यवसाय खस्किदै गएको र कोरोना  महामारी पछि देखिएको संकटको सामाना गर्नका लागि टीकापुर उद्योग बाणिज्य संघमा मजवुत, सामथ्र्यवान र सबल नेतृत्वको आवश्यकता रहेको बताउनु भयो ।
कर, लेखा प्रणाली, दर्ता तथा नविकरणको सहजीकरणका लागि टीकापुर उद्योग बाणिज्य संघ भित्रै एक छुट्टै सहजीकरण शाखा स्थापना गरी कर कार्यालय बाट व्यवसायीहरु त्रसित हुनुपर्ने अवस्थाको अन्त्य गरिने समेत बनाउनुभयो ।
सन्तोष खड्का नेतृत्वको प्यानल ले यस अघि नै आधिकारिक रुपमा घोषणा गरिसकेको छ ।
आइतबारदेखि शुरु भएको संघको २६ औ साधारणसभाको बन्द सत्रमा गणपुरक संख्या नपुगेपछि १७ गतेसम्मका लागि बन्दसत्र स्थगित भएको छ । स्थगित भएको बन्दसत्र भदौं १७ गते बिहान ११ बजे संघकै कार्यालयमा हुने संघले जानकारी दिएको छ ।