टीकापुर, २० भाद्र|टीकापुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि ३४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण प्रसाद उपाध्याय बजगाई र सन्तोष खड्काको उम्मेदवारी परेको छ । संघको नेतृत्वमा अध्यक्षका उम्मेदवार बजगाई र खड्का अलग अलग प्यानल बनाएर निर्वाचनमा होमिएका छन् ।
वणिज्य संघको उद्योग तर्फको उपाध्यक्षमा तपेन्द्र कुँवर र दीपेन्द्र रावल, वाणिज्य तर्फको उपाध्यक्ष मा अर्जुनप्रसाद भट्टराई र लोकेश साउँदको उम्मेदवारी परेको छ । महासचिवमा पृथ्वीराज ढुंगाना, प्रकाश उपाध्याय तिमिल्सैना, सचिवमा प्रकाश शाह, हिक्मत रावलको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा टीका शाही र टेक बहादुर सोडारीको उम्मेदवारी परेको छ ।

८ खुला सदस्यका लागि आशीस जोशी, उपेन्द्र बटाला, जनक बहादुर विष्ट, जनक बहादुर रावत, जनक रावल, डम्बर बहादुर कठायत, दीपक साउँद, निर्मला विष्ट, प्रकाश बहादुर विश्वकर्मा, मोती सिँह खत्री, रुपक बहादुर विष्ट, विजय धामी, सर्प राज साउँद, शैलेश साउँद, हरि बहादुर कुश्मी र हेमन्त रिमालले उम्मेदवारी दर्ता गरेका छन् ।
महिला सदस्यका लागि इशारा कुमारी साउँद र जानकी शाह, दलित सदस्यका लागि रमेश तिखातरी र रामबहादुर टमट्टा, जनजाति सदस्यका लागि दान बहादुर चौधरी । सन्तोष कुमार कठरियाको उम्मेदवारी परेको निर्वाचन समितिका प्रमुख रघुराज उपाध्यायले जानकारी दिनुभयो ।
वाणिज्य संघको २६ औं साधारण सभा तथा ११ औं चुनावी अबिधेशनले संघको नयाँ नेतृत्व चयनका लागि बिहीबार उम्मेदवारी दर्ता गरेको हो । बिहीबार दर्ता भएका उम्मेदवारले शुक्रबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिनसक्ने समय रहेको कार्यतालिका सार्वजनिक गरिएको छ । शुक्रबारै अन्तिम नामावली प्रकाशन पछि २१ गते शनिबार विहान ८ बजेबाट सिटी हल परिसरमा मतदान हुनेछ । वाणिज्य संघमा १ हजार ३ सय ५४ मतदाता रहेका छन् ।