टीकापुर, १० असोज/नेपाल प्रहरीका डिएसपी प्रकाश डाँगीले इलाका प्रहरी कार्यालय टीकापुरको कमाण्ड सम्हाल्नु भएको छ । हालै सरुवा भएर आउनुभएका डिएसपी डाँगीले सोमबार देखि कमाण्ड सम्हाल्नु भएको हो ।
बिहिबार टीकापुरमा कार्यरत सञ्चारकर्मीसँग परिचयात्मक कार्यक्रमको आयोजना गरी सबैसँगको सहकार्यमा अघि बढ्ने डिएसपी डाँगीले बताउनुभएको छ । उहाँले प्रहरीलाई आम नागरिकसँगको सल्लाह सुझाव र सहकार्यको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले प्रहरीको काम कारवाही मा सहयोग गरेर समाजमा शान्ति सुव्यवस्था कायम राख्न आम नागरिकको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
‘यहाँहरु सबैको सहयोगको अपेक्षा गरेको छुँ’ उहाँले भन्नुभयो– ‘समुदायको सहयोग बिना प्रहरीको एक्लो प्रयास मात्रै सफल नहुन सक्छ ।’

उहाँले लागुपदार्थ दुव्र्यसन नियन्त्रणमा ध्यान दिने बताउनु भयो । उहाँले अन्य चोरी तस्करी लगायतका घटना रोकथाममा समेत प्रहरी सकृय ढंगले अघि बढ्ने जानकारी दिनुभयो ।
पछिल्लो समय टीकापुरमा लागु पदार्थ दुव्र्यसन बढ्दै गएको भन्ने सञ्चारकर्मीको सुझावमा उहाँले नियन्त्रणका लागि पहल भंैरहेको र प्रहरी अझै कडा रुपमा प्रस्तुत हुने बताउनुभयो ।
सञ्चारकर्मीहरुले दशैं तिहार जस्ता चाडपर्वमा अझ बढी घटना दुर्घटना हुने भएकाले प्रहरीको सकृयता आवश्यक रहेको सुझाव दिएका छन ।
डिएसपी डाँगीले यसअघि २०७२/०७३ सालमा इलाका प्रहरी कार्यालय टीकापुरमा प्रहरी निरिक्षकका रुपमा काम गर्नुभएको थियो ।
उहाँले डिएसपी भएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, दैलेख, काठमाण्डौं समेत काम गरिसक्नु भएको छ ।