टीकापुर पार्कमा कात्तिक महिना मा ३० लाख ६२ हजार २ सय ६० रुपैयाँ आम्दानी

टीकापुर, २८ कात्तिक\टीकापुर पार्कमा कात्तिक महिना मा ३० लाख ६२ हजार २ सय ६० रुपैयाँ आम्दानी भएको छ । पार्कमा आउने पर्यटकबाट कात्तिक महिनाको २६ गतेसम्म ३० लाख बढी राजश्व संकलन भएको हो । पार्कमा सबैभन्दा बढी कात्तिक १० गते ४ लाख २६ हजार ८ सय ६० रुपैया राजश्व संकलन भएको पार्क इञ्चार्ज अर्जुन कुँवरले जानकारी दिनुभयो ।
पार्कमा तिहारपछि पिकनिक खाने तथा अवलोकन गर्नेहरु बढेका हुन् ।
आजभोलि पनि दैनिक ५ सयदेखि १ हजारसम्म पर्यटक भित्रिने गरेको बताइएको  छ ।