टीकापुर, ३० कात्तिक\टीकापुर उद्योग वाणिज्य संघले पूर्व महासचिव तपेन्द्रबहादुर स्वाँरलाई संघको सल्लाहकार संयोजकमा मनोनयन गरेको छ ।
संघको कात्तिक २५ गते बसेको बैठकले ११ सदस्यीय सल्लाहकार समितिको संयोजकमा स्वाँरलाई चयन गरेको हो ।

सल्लाहकार समितिको सदस्य मा गोपाल चौधरी, शिवदत्त उप्रेति, नवराज रिमाल, लोकेश साउँद, पृथ्वीराज ढुंगाना, बिरमञ्जन बटाला, यमबहादुर बम, इन्दिरा ज्ञवाली, नविन खनाल र विनोद शर्मा मनोनयन हुनुभएको छ ।
यसैगरी संघको कार्यसमिति सदस्यमा कृष्णप्रसाद उपाध्याय लाई चयन गरेको छ ।
यसैगरी उद्योग वाणिज्य संघले पुस २९ गतेबाट टीकापुर महोत्सव २०८२ आयोजना समेत गर्ने भएकोछ ।