एसएसपी विश्व अधिकारी डीआईजी बढुवा सिफारिस

काठमाडौं २ मंसिर\प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० विश्व अधिकारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवा का लागि सिफारिस हुनुभएको  छ ।
बढुवा सिफारिस समितिले एसएसपी अधिकारीलाई बढुवाका लागि सिफारिस गरेको हो । यसअघिको बढुवामा भने उहाँ छुट्नु भएको थियो । बढुवाका पहिलो नम्बरमा रहेका एसएसपी अधिकारीलाई छुट्दा पाँच एसएसपीलाई डीआईजीमा बढुवा गरिएको थियो ।
अधिकारी २३ र २४ भदौमा जेनजी आन्दोलन हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुख हुनुहथ्यो ।
घटनापछि उहाँलाई सरुवा गर्दै परिसर काठमाडौंको जिम्मेवारी एसएसपी रमेश थापालाई दिइएको थियो ।