कांग्रेसमा रडाको

सम्पादकीय
नेपाली कांग्रेसले यतिखेर जिम्मेवार भएर पार्टीमा एकता कायम गर्दै देशको नेतृत्व लिने समय हो । देश गम्भिर मोडमा छ तर नेपाली कांग्रेस आपसमा बिबाद गर्दा जनतालाई निरास बनाएको छ । महाधिबेशन निर्बाचनपछि गर्ने की अघि गर्ने बिबादमा कांग्रेस फसेको छ । २०८४ मा निर्बाचन भएको भएपनि नयाँ कार्यसमिति हुने थियो अहिले पनि समय पुगेको छ महाधिबेशन समयमै गराउँदा खासै फरक पर्ने देखिन्न । महाधिबेशन गरेर नयाँ नेतृत्वका साथ जनतामाझ गएको भए सकारात्मक सन्देश जाने थियो । यतिखेर कांग्रेसले देशको नेतृत्व गरोस् र निकास देवस भन्ने आम नागरिकको चाहना कांग्रेस नेतृत्वले बुझ्न जरुरी छ । जनताको भावना विपरित केही नेताहरु हिडिरहेकाछन् । पार्टी कव्जा गर्ने सोच पालेर काम गर्ने हो भने कांग्रेसलाई निर्बाचनमा ठूलो धक्का लाग्छ । महाधिबेशन पछि सार्ने सोचमा खोट छ भनेर देश भरका कार्यकर्ताले भन्दा पनि केही नेताहरु आफ्नो मनपरी हिड्ने सोचमा उद्यत छन् । यसले पार्टीमा द्वन्द त बढाउछ नै स्वयम त्यस्ता नेतालाई कार्यकर्ताले लखेट्ने निश्चित हो । सत्ता र शक्तिको आडमा बसिराख्न खोज्ने तर देश र जनताको पक्षमा काम नगर्दा जेनजीको आन्दोलन भयो भन्ने भुल्नु हुदैन । प्रजातन्त्रमा कांग्रेसको भूमिका अहम छ । राम्रो हुँदा पनि कांग्रेसलाई स्रेय आउछ गलत गर्दा पहिलो दोष कांग्रेसकै हुन्छ भन्ने बारेमा कांग्रेसका नेताहरुले बुझ्न जरुरी छ । महाधिबेशन ढिलो गर्नुपर्छ भन्नेहरुले फागुनमा निर्बाचन हुन्छ भनेर निर्बाचनमा जुटौं भनेर तर्क गरिरहेका छन ् । यस बाहेक उनीहरुसंग अरु तर्क छैन । देशभरका नेता कार्यकर्ताको मनस्थिती खलबलिएको बेला महाधिबेशनमा स्वस्थ प्रतिस्प्रधा गर्ने वातावरण बनाउनु भन्दा आपसमा रडाको गर्दा कांग्रेस कमजोर हने हो की भन्ने चिन्ता छ । महाधिबेशन ढिलो गर्नुपर्छ भन्ने नेताहरुप्रति आम कार्यकर्ताको आक्रोस बढ्न थालेको छ । ६० प्रतिशत मत भएको बर्तमान संस्थापन पक्षले आफ्नो मत कायम राख्न सकेको देखिदैन यसले पनि नैतीक संकटमा संस्थापन पक्ष छ । यदि ५४ प्रतिशत हस्ताक्षर सत्य हो भने बिना शर्ता ढिलासुस्ति नगरेर महाधिबेशन प्रतिनीधिको सम्मान गर्नुपर्छ । प्रजातन्त्रको हिमायती भन्ने अनी मत दिएका कार्यकर्ताको भावना नबुझ्ने हो भने कसरी देश हाक्न सक्छ कांग्रेस नेतृत्वले ? कांग्रेस आपसमा बादबिबाद गर्दा सिंगो कांग्रेस खुसि हुनुपर्ने हो किन भने प्रजातन्त्रमा बादबिबाद आवश्यक छ । बादबिवाद हुन्छ तर एक भएर निस्कर्ष आउनुपर्छ भन्ने आम कार्यकर्ताको भावनालाई बुझ्न जरुरी छ । सत्ताका लागि जे पनि गर्ने सोच अबको दिनमा काम लाग्दैन । बिगतमा भएका कमिकमजोरी सच्याएर कांग्रेस अघि बढ्दा जनताले पनि साथ दिन्छन् ।