टीकापुर फ्लेक्स प्रिन्ट संचालनमा

टीकापुर, १५ मंसिर/टीकापुरमा टीकापुर फ्लेक्स प्रिन्ट संचालनमा आएको छ ।
आइतबार टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष खड्काले फ्लेक्स प्रिन्टको  एक समारोहका बिच उद्घाटन गर्नुभएको छ ।
फ्लेक्स प्रिन्टको उद्घाटन गर्दै अध्यक्ष खड्काले लगानीको माहौल छैन भन्नेहरुका लागि  युवा व्यवशायीहरुको लगानीले सकारात्मक सन्देश दिएको बताउनुभयो । उहाँले टीकापुरमा लगानी भित्रिनु सुखद भएको बताउँदै सफलताको शुभकामना गर्नुभयो ।
टीकापुर फ्लेक्स प्रिन्टमा तीन जना युवा व्यवशायीहरुको लगानी रहेको छ ।
युवा व्यवशायीहरु गणेश शाही, अनिल कोइराला र बिर्ख बिष्टले टीकापुर नगरपालिका वडा नं.१ अस्पताल रोड नजिकै फ्लेक्स प्रिन्ट सञ्चालन मा ल्याउनु भएको हो ।
सञ्चालक बिर्ख बिष्टले फ्लेक्स प्रिन्ट सञ्चालनमा करिव २० लाख रुपैयाँ लगानी भएको बताउनुभयो । उहाँले सेवासुविधा थप गर्दै लैजाने योजना रहेको जानकारी दिनु    भयो ।
अर्का सञ्चालक मध्येका गणेशराज शाहीले आर्थिक पक्षलाई मात्रै ध्यान नदिएर सामाजिक पक्षलाई समेत मजबुत बनाउने उद्देश्य रहेको बताउनु भयो ।
उहाँले आफ्नै ठाउँमा लगानी गरेर रोजगारी सिर्जना गर्नुपर्छ भन्ने उद्देश्य समेत रहेको जानकारी दिनुभयो ।