हिजोको राजनीतिमा आत्मियता थियो : सभापति भट्ट

टीकापुर, १६ मंसिर/नेपाली कांग्रेस कैलालीका सभापति  नारायण दत्त भट्टले हिजोको राजनीति मा सौहाद्रता र आत्मियता थियो आज त्यो अवस्था छैन भन्नुभयो ।
सोमवार टीकापुरमा जानकी २ का कृयाशिल सदस्य स्वर्गिय बीर बहादुर चलाउनेलाई श्रद्धाञ्जली दिने क्रममा भट्टले यस्तो कुरा भन्नुभएको हो । ‘‘विगतमा झापाको कांग्रेस पीडामा हुँदा कैलालीका कांस्रेसले पीडा मान्ने सस्कार थियो ,अहिले वल्लो घरको कांग्रेसले दुख पाएको थाहा पाएपछि पल्लो घरको कांग्रेस खुसी हुन्छ,’’भट्टले भन्नुभयो,‘‘पार्टीमा लगानी गरेका हरेक व्यक्तिको सम्मान गर्ने संस्कार भएपछि मात्र कांग्रेस बलियो हुन्छ ।’’
उहाँले स्वर्गिय बीरबहादुर चलाउनेले समाजमा दिएको सन्देश र समाजमा पु¥याएको योगदान अनुसरण गर्ने हो भने मात्र उहाँलाई हामीले दिएको श्रद्धाञ्जली साचो हुनेछ भन्नुभयो । राष्ट्रियसभाका पूर्ब सदस्य अक्कलबहादुर बिष्टले  एउटा स्वच्छ काम गर्ने सामाजिक अगुवाको निधनले सिंगो पार्टीलाई ठूलो क्षति पुगेको छ भन्नुभयो । स्वर्गिय चलाउनेले प्रहरीमा छदा पनि मिलेर काम गर्नुभयो भन्दै नेता बिष्टले एक निष्ठावान प्रजातन्त्रवादीको निधन भएको छ भन्नुभयो ।
नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश सहमहामन्त्री तथा नगर प्रमुख अम्बिका चलाउनेले आफ्नो परिवार सधै प्रजातन्त्रका पक्षमा उभिएको बताउनु  भयो । उहाँले पहाडमा पनि प्रजातन्त्र बलियो बनाउन हाम्रा अग्रजहरुले कांग्रेस लाई सहयोग गर्नुभयो , पहाडबाट तराईमा झर्दा पनि कांग्रेसलाई बलियो बनाउनमा भूमिका खेल्नुभयो भन्नुभयो ।
उहाँले प्रजातन्त्र बलियो बनाउन सबै कांग्रेस एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । जानकी गाउँपालिकाका सभापति गणेश रेग्मीको सभापत्वि मा भएको उक्त श्रद्धाञ्जली कार्यक्रममा जिल्ला सचिब नृपबहादुर सुनार र पूर्ब क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले स्वर्गिय चलाउनेले पार्टी र समाजमा पु¥याएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । स्वर्गिय चलाउनेको जीवनीका बारेमा उहाँका छोरी तथा नेपाल महिला संघका जिल्ला कोषाध्यक्ष निर्मला कडायतले जानकारी           गराउनुभएको थियो ।
स्वर्गिय चलाउनेका श्रीमति, ३ छोरा र एक छोरी छन् ।
कार्यक्रम संचालन वडा सभापति प्रेम बहादुर चौधरीले गर्नुभएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेस कैलालीका नेता तथा कार्यकर्ता र स्थानीयको उल्लेख्य उपस्थिती रहेको थियो ।