सम्पादकीय
राष्ट्रिय स्वतन्त्र पार्टीबाट आम नागरिकले धेरै आशा गरेका छन् । पुराना पार्टीबाट निरास भएका नागरिक ले राष्ट्रिय स्वतन्त्र पार्टीले केही गर्छ भन्ने आशा राखेका छन् । बर्षाै देखि सत्तामा रहेका पुराना राजनीतिक दलसंग यतिखेर जनता टाढिएको अवस्था छ । फागुन २१ गते हुने निर्बाचनमा पुराना भन्दा नयाँलाई रोज्नुपर्छ भन्ने कुरा सामाजिक सञ्जालमा व्यापक देख्न पाइन्छ । नागरिकले सुशासनको कुरा मात्र होइन राजनीतिक दलका गतिबिधि पारदर्शी हुनुपर्छ भन्ने गरेका छन् । नयाँ पार्टी भनेर जनताले आशा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि शंका गर्ने धेरै ठाउँ छन् । जुन पार्टीमा पारदर्शीता छैन त्यो पार्टी सत्तामा गएपछि व्यबहार कस्तो होला भनेर सहजै अनुमान गर्न सकिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार छान्न प्राइमेरी इलेक्सन गर्ने भन्दै २५ हजार प्रत्येक उम्मेदवारबाट रकम असुल ग¥यो तर प्राईमेरी इलेक्सन भएन । प्राइमेरी इलेक्सन नभएपछि पार्टी भित्र २५ हजार रुपैया फिर्ता गर्नुपर्छ भन्ने आवाज उठ्न थालेको छ । नयाँ सोच भएको पार्टीले पैसा फिर्ता माग्नुपर्ने मौका दिनु नै गलत हो । नयाँ हौं भन्ने शैली पुरानै भएको प्रष्ट छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रणय समशेर राणाले २५ हजार रुपैयाँ फिर्ता गर्नुपर्ने आवाज उठाएका छन् । जुन उदेश्यका लागि रकम लिइएको हो त्यो प्रयोजनमा काम नभएपछि पैसा फिर्ता गर्नुपर्ने हो तर फिर्ता भएन । आफ्ना सदस्यहरुको भावना नबुझ्ने पार्टीले अव पैसा पिर्ता माग गर्ने नेतालाई कारबाही गर्न सक्छन् । यसरी बोली बन्द गर्ने संस्कार पुरानै हो । नयाँ भन्दैमा शैली पुरानै हुने हो भने जनताले के आशा गर्छन् । कुरा जेनजीका गर्ने अनी शैली पुरानै भएपछि जनताले के आशा गर्ने ? पारदर्शीताका सवालमा नयाँ भन्नेहरु पनि कमजोर छन् । कांग्रेसको बिशेष महाधिबेशन त भयो तर त्यो महाधिबेशनमा भएको खर्चका बारेमा केही बोलिएको छैन । युवाहरुले पार्टीमा रुपान्तरण भयो भन्ने नारा त लगाए तर बिशेष अधिबेशनको खर्चका बारेमा मौन बसेपछि नागरिकले प्रश्न गर्न थालेका छन् । बिशेष महाधिबेशन पक्षधरले नयाँ सोचका साथ पार्टी अघि बढाउने भनेर बोल्दै गर्दा शुरुवात नै पारदर्शीता देखिएन । नयाँ आएका छौ भन्नेहरुले अधिबेशनको श्रोत र खर्च पारदर्शी गरेको भए सबैले धन्यवाद दिने थिए । नयाँ भन्दैमा शुरुवात पनि नयाँ हुनुप¥यो । पुराना पारदर्शी भएनन् मनपरीतन्त्रमा रमाए भनेर तिब्र असन्तुष्टि भएपछि न नयाँ आएका हुन् । उसको कारणले हामी आयौ भन्ने तर उ भन्दा फरक के भयौ भनेर जनताले देख्ने गरी काम नगर्ने हो भने जनताले बिश्वास गर्ने वातावरण बन्दैन । तसर्थ युवाहरुले पुरानाको धज्जी उडाएर आफु गतिलो हुँ भन्दैमा हुनेवाला छैन । पुरानालाई एकछिन गाली गरेर सत्तामा आउन सकिन्छ तर जनताले प्रश्न गर्ने ठाउँमा पु¥याएपछि जवाफ दिन सक्नु पर्छ । अर्कालाई गाली गरेर सधै सत्तामा टिक्न सकिदैन भन्ने बारेमा नयाँ हौं भन्नेहरुले बुझ्न जरुरी छ ।