बैंकर्स क्लब टीकापुरको आयोजनामा शुक्रबार विश्वव्यापी मुद्रा हप्ता २०२६ को अवसरमा टीकापुरमा प्रभातफेरि कार्यक्रम गरि मनाएको छ । टीकापुर स्थित ग्लोबल बैंक शाखा कार्यालयबाट शुरु भएको प्रभातफेरि खड्गचोक,टीकापुर अस्पताल हुँदै बजार परिक्रममा गरि राष्ट्रिय बाणिज्य बैंक टीकापुर शाखा रहेको चोकमा पुगेर सम्पन्न भएको थियो । बैंकर्स क्लब टीकापुरका अध्यक्ष प्रेम प्रसाद भट्टराईको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो । प्रभातफेरि कार्यक्रममा टीकापुरमा रहेका बैंकका कर्मचारीहरुको उल्लेखनिय सहभागिता रहेको थियो । तस्बिरः टीकापुर दैनिक
प्रभातफेरि कार्यक्रमका केहि तस्बिर:-




