सम्पादकीय
नेपाली कांग्रेस र नेकपा एमालेको शैली पुरानै भएको आम नागरिकले महशुस गर्न थालेका छन् । संसदमा कांग्रेस एमालेका केही सांसदको बाहेक अरुको शैली पुरानै देखिन्छ । खालि प्रधानमन्त्री बालेनले जवाफ दिनुप¥यो भन्दै रटान लगाएको अवस्था छ । बालेनले पछिल्लो समय जनताको चित्त दुख्ने गरी केही काम गरेका छैनन् । उनी सुधारको बाटोमा लागेका छन् । बिगतका सरकारमा भएका कमजोरी एक एक गरी सच्याउने प्रयासमा छन् । उनी संसदमा बोल्न नजानु भनेको कमजोरी समात्यौ भन्दै उर्लेको देखिन्छ । यसले कांग्रेस एमालेकै साख खस्काएको छ । कांग्रेस एमाले पुराना खारिएका दल हुन् । उनीहरुसंग अनुभव छ तर सत्तामा बस्दा धेरै कमिकमजोरी गरेकै कारण राष्टिूय स्वतन्त्र पार्टी दुई तीहाई नजिकको बहुमतमा पुग्यो । जुन पार्टीको आधार नै थिएन त्यो पार्टीले एकाएक यसरी बहुमत कसरी ल्यायो भन्ने बारेमा समिक्षा गरेर जनताको सवालमा वर्तमान सरकारलाई प्रश्न गर्नुपर्ने हो । संसदमा जनताका सवालमा मुद्धा उठाएर जनताको मन जित्ने प्रयासमा लाग्नुको साटो बिना अध्ययन संसदमा प्रस्तुत भइरहेका छन् । सत्तामा हुँदा चरम बेथिति जनताले भोग्नु परेको थियो । सुधारको बाटो आजबाट होला भन्दा भन्दै दिन बिते तर सुधारको संकेत देखिएन । कांग्रेस र एमालेको सत्तामा दलालहरु हाबी हुँदा सरकारले काम गर्न सकेको थिएन भन्ने प्रष्ट छ । वर्तमान सरकारले देश हितमा काम गरिरहेको छ । सुधारका धेरै कुरा सुरु भएका छन् । बर्षाै देखि गाँजिएका बिकृति रातारात हटाउन प्रयास भएको छ । यस्तो अवस्थामा यो सरकारलाई सकारात्मक सहयोग गर्नुको साटो संसदमा अनावश्यक बखेडा झिकिरहेका छन् । वर्तमान सरकारले सकेजति सुधार्न प्रयास गरेको छ । कांंग्रेस एमालेका नेताहरु कहाँ चुक्यौ भनेर समिक्षा गर्न तयार छैनन् । समिक्षा गरेको भए आन्तरिक पार्टीमा सुधारका कुरा गर्ने थिए । दुबै पार्टीमा नेतृत्वका लागि मारामार छ । पार्टी कसरी कव्जा गर्ने भन्ने सोचेर यतिखेर लागि परेका छन् । आफ्नो पार्टीमा सुधार ल्याउन नसक्नेहरुले देश चलाउछन् भनेर कसरी पत्याउने ? पार्टी बलियो भयो भने न भोली निर्बाचनमा प्रतिस्प्रधा गर्लान । जनताको सवालमा काम गर्दा कहाँ कहाँ चुक्यौ भनेर पार्टीमा छलफल गरेर त्यही अनुसार काम गर्ने योजना बनाउने फुर्सद कांग्रेस एमालेलाई छैन । खालि बालेनले बोल्नुप¥यो भन्ने नारा लगाएका छन् । जनताले बुझेका छन् तसर्थ कांग्रेस र एमालेले प्रजातन्त्रका लागि योगदान गरेका छन् । प्रजातन्त्रका लागि योगदान गरेका छौ भन्दैमा जनताको जीवन स्तरमा ध्यान नदिने हो भने जनताले अर्काे विकल्प रोज्नु स्वभाविकै हो । जनताको सवालमा काम गर्ने योजना ल्याएर काम नगर्ने हो भने कांग्रेस एमाले स्थानीय र प्रदेश निर्बाचनमा सकिने निश्चित हो ।