टीकापुर, २९ जेठ/बाल बालिकाको आवाजलाई सशक्त बनाउँदै बाल समृद्धिका मुद्दाहरू लाई उजागर गर्न पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम भएको छ । वल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा विकास का लागि युवा ऐक्यबद्धता यार्ड धनगढीको आयोजनामा कार्यक्रम भएको हो । यार्ड धनगढीले कैलालीको टिकापुर, भजनी, घोडघोडी, गौरीगंगा नगरपालिका र कैलारी गाउँपलिकामा काम गरिरहेको छ ।

बाल समृद्धिका लागी एकिकृत विकासका (हातेमालो) परियोजना ले कैलालीको पाँच पालिका २४ वडामा बालबालिका को सम्वृद्विका लागि काम गरिरहेको छ ।
परियोजनाले विगत तिन वर्ष शिक्षकहरूलाई तालिम, पढाइ शिविरका लागि सहजकर्ताहरू लाई तालिम, पढाइ शिविर सञ्चालन, अभिभावक शिक्षा कार्यक्रम, व्यक्तिगत शैक्षणिक योजना निर्माण, बाल क्लब गठन र परिचालन, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघलाई विपत् व्यवस्थापन सम्बन्धी तालिम, १५ वटा सामुदायिक विद्यालयको विद्यालय सुधार योजना अध्यावधिक, १५ वटा विद्यालयमा विपद्पूर्व तयारी नमुना अभ्यास कार्यक्रम सञ्चालन गरेको छ । अति जोखिममा रहेका बालबालिका लाई विद्यालय भर्ना र शैक्षिक सहयोग जस्ता कार्य गरेको परियोजना संयोजक पिताम्बर पौडेलले जानकारी दिनुभयो । परियोजनाले १५ विद्यालयका ५ सय ३० जना बालबालिकालाई शैक्षिक सहयोग गरेको छ । परियोजनाको सहयोगपछि पालिकाले पनि आफ्नै बजेटमा पढाइ शिविर सञ्चालन जस्ता कार्यहरू गर्न थालेका उहाँको भनाइ छ ।

यसका साथै शिक्षकहरूले शिक्षण गर्दा आइपरेका समस्याहरु लाई वाट्सयप ग्रुपबाट शिक्षक शिक्षक बीच आदानप्रदान गरी समाधान गर्ने गरिएको, एकीकृत पाठ्यक्रम तालिमले पाठ्यक्रम प्रयोग र विद्यार्थी मूल्याङ्कनको सुरुवात तथा शिक्षा अधिकृतसँग समस्या समाधानका लागि नियमित सञ्चार गरिरहेको जनाइएको छ ।
टीकापुर नगरपालिकाका महिला बालबालिका शाखा प्रमुख संगीता शाहले बालमैत्री स्थानीय शासनका लागि काम गर्दा भजनी र टीकापुरमा बराबरी काम गर्न सुझाव दिनुभयो ।

सामुदायिक सिकाइ केन्द्र सत्ती का मनिराम ढुंगानाले यार्ड धनगढी ले बालबालिका को शैक्षिक विकास र सिकाइका क्षेत्रमा राम्रो काम गरेको बताउनुभयो ।
वडा नं. ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले परियोजना को सहयोगले शैक्षिक विकासमा सहयोग भएको, बालबालिका कुलत जस्ता गलत बाटोमा लाग्न बाट जोगिएका बताउनुभयो ।
परियोजनाले हल बालमैत्री, पोषणमैत्री, नगरिका अवाज कर्तव्य अधिकार, बालबालिकाको शिक्ष, स्वास्थ सम्वृद्वि लगाएतका क्षेत्रमा काम गिररहेको छ । कार्यक्रम सहजीकरण सामाजिक परिचालक रतनलाल चौधरीले गर्नुभएको थियो ।