प्रजातन्त्रका लागि लडेकाहरु मिल्न जरुरी छ

सम्पादकीय
अहिले बिश्वमा आफ्नो देशको रक्षा गर्न चुनौती छ । धनी देशले गरिब देशको स्रोत हडप्ने सोच बनाएर काम गरेको पाइन्छ । यतिखेर गरिब भए पनि सुख छैन धनी भएपनि सुख छैन । गरिब भए अरुबाट आश्रित हुनुपर्ने र खनिज कै कारण धनी भए शक्तिशाली देशले आँखा लगाएर राज्य हडप्न उद्यत हुन्छन् । खनिज भएका मुलुकमा यतिखेर देश जोगाउन सामाना गर्नु परेको छ । सत्ताका लागि बिदेशीसंग मिलेर काम गर्न खोज्ने हरेक मुलुकमा भेटिन्छन् । खनिजकै लागि अमेरिकाले दुई महिनादेखि इरानलाई दुख दिरहेको छ । इरानामा भएको युरेनीयम हडप्न अमेरिकाले इराना माथि नानाथरी आरोप लगाउँदै आएको छ । सत्ता र सशक्तिका लागि जनताले नपत्याएपछि बिदेशीको सहारा लिने प्रचलन बढ्दै छ । बिदेशी शक्तिले प्रयोग गर्छ पछि उसैको नास गर्छ यो धेरै मुलुकले भोगेको व्यथा हो । गरिब मुलुकमा त धनी देशले सहजै खेल्ने गरेका छन् । यस्तो राजनीतिमा नेपाल सतर्क हुनुपर्छ । जनता भावनामा बग्दै जाने हो भने देश बिदेशीले खेल्ने मैदान बन्ने निश्चित छ । मुलुक यो अवस्थामा पुग्नमा नेतृत्वको धेरै ठूलो भूमिका छ । नेतृत्वकै कमि कजोरीका कारण देशको अवस्था तरल मात्र भएन संकट अवस्थामा पुगेको छ । आर्थिक अराजकता बढ्दै गएको थियो भने भ्रष्टहरुलाई संरक्षण गर्ने काम मात्र     भयो । भ्रष्टहरुको खुलेआम संरक्षण गर्दै जाँदा आम नागरिक गणतन्त्रप्रति नै बितृष्णा पोख्न थालेको थिए । दलका पछि लागेका नेताहरुले वडा तह देखि नै जालो बनाएका थिए । पार्टी पद्धतीमा वडादेखि नै संगठन हुनु स्वभाविकै हो । अनुशासनको नाममा नेतृत्वको बिरोध गर्न सक्ने अवस्था भएन । नेतृत्व निरकुंस हुँदै जाँदा स्वार्थिहरुले लाभ लिए भनेर इमान्दार कार्यकर्ता निरास भएर बसेका छन् । कांग्रेस जस्तो प्रजातान्त्रीक पार्टीमा यतिखेर अबिश्वासको वातावरण छ । नेपालमा पछिल्लो समय बैदेशिक हस्तक्षेत्र बढ्दै गएको छ । नेताहरु प्रजातन्त्रका लागि एक भएर लडे तर राज्य जोगाउने सवालमा चुक्दै गएको अवस्था छ । यस्तो अवस्थामा जेनजीको आन्दोलनले सडकबाट सत्ता परिवर्तन भयो । सडकबाट सत्ता परिवर्तन प्रजातन्त्रका लागि कुनै पनि हालतमा राम्रो संकेत होइन । सडकबाट सत्ता परिवर्तन गर्दै जाने हो भने मुलुक झन अस्थिर हुन्छ । गणतन्त्रमा पुग्दासम्म चरम वेथिति बढ्यो तर नेतृत्वले बुझेन । नेतृत्वले पार्टी कव्जाको रणनीति मात्र बनायो । अहिले देखिएको समस्याको समाधान पनि दलले नै गर्ने हो । कांग्रेस र एमालेका नेताहरु गम्भिर हुन जरुरी छ ।